Close

Recent Posts

माटो र आर्गानिक खेतीका नाममा किसान झुक्याएर ठगि गर्दै गोल्यान ग्रुपका अध्यक्ष पवन

माटो र आर्गानिक खेतीका नाममा किसान झुक्याएर ठगि गर्दै गोल्यान ग्रुपका अध्यक्ष पवन
  • १९ जेष्ठ २०८१, शनिबार ०४:४३

काठमाडौं– कृषिप्रधान मुलुक भएर पनि नेपालमा कृषि पेशा अहिले पनि पूर्ण व्यवसायिक बन्न सकेको छैन । कृषि उपजलाई बजारको समस्या टड्कारो छ । यस क्षेत्रमा माटो र आर्गानिक खेतीेका नाममा केही गरैनेपाली तथा मारवाडी समुदाय लागिपरेका छन् ।

बैंक सञ्चालन समेत रहेको पवन गोल्यान माटोको ब्राण्डका नाममा सबैभन्दा बढी कर र राजश्व तथा अनुदान खाने व्यक्ति अथवा उद्योगी हुन् । उनले ७५३ वटै पालिकमा संरचनाहरु गरेर कृषि, माटो र उत्पादमा नाममा विकृत्ति फैलाउन लागेका छन् ।

एनएमवि बैंकका सञ्चालक समेत रहेको गोल्यानले पालिकाहरुमा भण्डारण, कृषि प्रशोधनका साना उद्योगहरु, मल उन्नत बिउ र कृषि यन्त्र उपरकणको व्यवस्था गरी आफनो फाइदाका लागि राज्यको पैसा दोहन गर्ने योजनाा उनको रहेकको व्यवसायीहरु नै बताउँछन् । उनले आफनो बैंकको कर छल्न, राजश्व नतिर्ने र बैंकको मुनाफा कृषिमा देखाउन यस्तो कार्यमा लागेको पाइएको छ ।

नेपालको उर्वरशक्ति र उत्पादनमा गिरावट ल्याउन पवन गोल्यान नै लागि परेका छन् । उनले राजनीतिक आडमा माटो र आर्गानिक खेतीको ब्रान्ड नामाकरण गदै कृषि क्षेत्रको कर र आफनै बैंकको पैसा खर्च गरिरहेका छन् ।

तरकारी तथा फलफुल उत्पादन गरेर पनि बजार नपाउने कृषकको समस्या सम्वोधन गर्न सुरुमा गोल्यान समुहले एग्रो फार्मको स्थापना यसमा ठुलो करसँगै राजश्व छली गरिएको कृषि मन्त्रालयका एक कर्मचारी बताउँछन् ।

झापामा ५ सयभन्दा बढी विगाहमा कृषि फार्म शुरु गरेको भनेपनि उनले त्यहाँ खेती गरेका छन् । गोल्यानले झापामा कृषि फार्म चलाउने नामममा आफनै सिविआइगरिसकेको छ ।

त्यहाँ सबै फलफूल तथा तरकारीहरु लगाइएको छ । एक वर्षअघि समूहले २०० विगाहा जमीन खरिद गरेर कागती, आँप, लिच्ची, मेवा, खरबुजालगायतका फलफूल लगाउन शुरु गरेको थियो ।

कृषकहरुलाई उनले आधुनिक कृषि प्रणालीमा प्रोत्साहन गरेको बताएपनि सबै झुटो भएको पाइएको छ ।

माटो ब्रान्डबाट मह, खरबुजा, मेवा, चिया लगायतका उत्पादनहरु निर्यातसमेत बताएपनि उनको फार्मले अहिलेसम्म यति निर्यात भयो भनेर तथ्यांक नदेखाएको कृषि मन्त्रालयले जनाएको छ । ्

खरबुजा कतार निर्यात गरेको हल्ला फैलाएर उनले कर छली गरिहेका छन् । उनलाई सरकारले अहिलेसम्म अनुसन्धान गर्न सकेको छैन ।

स्याउ, केरा, कटहर, खरबुजा, मौसम, आँप, ओखर, काँक्रा लगायतका फलफुल साथै काउली, लौका, झिंगनी, निउरो साग, टमाटर आलु लगायतका धेरै प्रकारका तरकारीहरु समेत ब्रान्डिङ गरेर बिक्री गरिरहेको हल्ला फैलाएर कृषि क्षेत्रको अनुदान खाने चलखेल मात्र भएको गोल्यान ग्रुपकै स्रोत बताउँछन् ।

गोल्यानले अहिलेसम्म कहाँ चाहिँ आर्गानिक खेती र कृषिमा उत्पादन गरेर विदेशी निर्यात गरेका छन् । उनले अहिलेसम्म कृषिको भ्रम फैलाएर अनुदान खाइरहेको व्यवसायीकै आरोप छ ।

गोल्यानका पुस्ता श्रीलंकाबाट लखेटिएपछि नेपालमा छिरेको भारतीय मारवाडी हुन् । नेपालमा राजनीतिक आडमा कृषि र अर्थतन्त्रमा विकृति फैलाइरहेका छन् ।