Close

Recent Posts

यात्रुले लगेजमा ‘स्प्रिट’ बोक्दा श्री एयरलाइन्सको जहाज डिले

यात्रुले लगेजमा ‘स्प्रिट’ बोक्दा श्री एयरलाइन्सको जहाज डिले
  • २० जेष्ठ २०८१, आईतवार ०६:३०

काठमाडौं–यात्रुले लगेको ‘स्प्रिट’को कारण श्री एयरलाइन्सको जहाज उडानमा डिले ‘ढिलाइ’ भएको छ । ‘स्प्रिट’एक उच्च मात्रामा अल्कोहल भएको तरल वस्तु हो जुन नङ पोलिसलगायत हटाउन प्रयोग गरिन्छ ।

mulpatra

यो आइतबार बिहान काठमाडौंबाट धनगढी उडानको क्रममा भएको हो। धावनमार्गमा पुगेको जहाज ‘इन्डिकेटर’ले चेतावनी दिएसँगै उडान स्थगित भएको थियो ।

७४ जना यात्रुलाई अर्को जहाजमार्फत धनगढी पठाइएको छ । जहाजमा धूवाँ देखिएको सूचना बाहिरिए पनि एयरलाइन्सले अस्वीकार गर्दै यात्रुले लगेजमा ‘स्प्रिट’ बोकेको कारण इन्डिकेटरमा देखिएको जनाएको छ ।

‘यात्रुले कसरी जहाजसम्म स्प्रिट बोकेर लगे। सेक्युरिटी कसरी पास भयो’, श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने, ‘यात्रुकै कारण करिब २ घण्टा डिले भयो। सबैलाई दुःख भयो ।’ त्रिभुवन विमानस्थलले भने आधिकारिक जानकारी दिएको छैन ।