Close

Recent Posts

विपिन जोशीलाई इजरायली राजदूत हानानले घर पुर्‍याए

विपिन जोशीलाई इजरायली राजदूत हानानले घर पुर्‍याए
  • २८ जेष्ठ २०८१, सोमबार ०६:५३

काठमाडौं– नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्ड बर्गर विपिन जोशीको घरमा पुगेका छन् । आइतबार इजरायली राजदूत हानान गोडर कञ्चनपुरको भीमदत्त नगरपालिका( ३ भाँसी महेन्द्रनगरमा विपिन जोशीको घरमा पुगेका हुन् ।

mulpatra

गत २० असोजमा प्यालेष्टाइनी हमास समूहले इजरायलमाथि हमला गर्दा हमास समूहको नियन्त्रणमा रहेका जोशीको घरमा राजदूत गोडर पुगेका हुन् ।

इजरायली राजदूत विपिनको घर पुगेर उद्धारका लागि आश्वासन दिएका छन् ।

विपिनका बुबा महानन्द जोशीले छोराको रिहाइका लागि राजदूतसँग अनुरोध गरेका छन् । विपिन जोशीका परिवारको अनुरोध अनुरूप इजरायली राजदूतले दुःखत घटना भएको भन्दै उद्धारका लागि इजरायली सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रतिबद्धता जाहेर गरेको परिवारजनले जनाएका छन् ।

विपिन जोशीका दाजु किशोर जोशीले इजरायली राजदूतले पीडित परिवारसँग विपिनको रिहाइका लागि पहल गर्ने आश्वासन दिएको बताए ।‘‘इजरायली राजदूत सहितको टोली हाम्रो घर पुगे र उनीहरूलाई हामीले स्वागत गर्‍यौँ,ु उनले भने, ‘राजदूत नै हाम्रो घर पुगेपछि केही आशा जागेको छ ।’

यसअघि विपिनको रिहाइका लागि घर परिवारले गृहमन्त्री, पराराष्ट्रमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म भेटघाट गरेर अनुरोध गरेका छन् ।