Close

Recent Posts

१० महिनामा १२ खर्ब रेमिट्यान्स भित्रियो

१० महिनामा १२ खर्ब रेमिट्यान्स भित्रियो
  • २८ जेष्ठ २०८१, सोमबार ११:५८

काठमाडौं–नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) बढ्दो क्रममा नै छ । मासिक सवा खर्ब हाराहारीमा रेमिट्यान्स भित्रने गरेको हो ।

mulpatra

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष १० महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

१० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड २९ लाख रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ । जुन गत आवको बैशाख मसान्तसम्मको तुलनामा भने १९.२ प्रतिशत बढी हो । बैशाखमा मात्रै कुल १ खर्ब १५ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

mulpatra mulpatra mulpatra

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । समिक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

गत आवको १० महिनामा पनि १० खर्ब ५ अर्ब १८ करोड ३८ लाख रुपैयाँ रेमिट्यान्स आएको थियो । गत चैत मसान्तसम्ममा पनि १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ आएको थियो ।