गोरखा सेभिङ सहकारी समस्याग्रस्त, ४ अर्ब बचत ठगी, इच्छाराज पनि संलग्न

गोरखा सेभिङ सहकारी समस्याग्रस्त, ४ अर्ब बचत ठगी, इच्छाराज पनि संलग्न
  • ८ असार २०८१, शुक्रबार ०७:२२

काठमाडौं–सरकारले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरस्थित गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीलाई समस्याग्रस्त घोषणा गरेको प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।

mulpatra

सहकारी विभागको नियमनभित्र पर्ने उक्त सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेका कारण समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरिएको प्रवक्ता भट्टको भनाइ छ ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरिएको भट्टले बताए ।

mulpatra mulpatra mulpatra

साथै संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको भट्टको भनाइ छ ।

सहकारीका सञ्चालक डम्बरबहादुर बम्जन तामाङ र पूर्वसञ्चालकले सर्वसाधारणको साढे ४ अर्ब रुपैयाँ बचत तथा सेयर अपचलन गरेका थिए । सहकारीमा लामो समय हालीमुहाली गरेका डम्बरबहादुर र तेजबहादुरले सहकारीबाट १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ बढी ऋण लिएर नतिरेपछि सहकारी संस्थाभित्र समस्या देखिएको थियो । तेजबहादुर डम्बरका दाजु हुन् ।

यो सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ हुन् । जो सिभिल सहकारीका बचतकर्ताको बचत ठगेको आरोपमा अहिले जेलमा छन् ।

Image Source: © https://mulpatra.com

डम्बरबहादुर बम्जन सहकारीका संस्थापक हुन् । उनले लामो समय यस सहकारीको नेतृत्व गेका थिए । तर, सहकारी संस्थाको सेयर सदस्यसमेत नरहेका तेजबहादुरले दाई डम्बरबहादुरको आडमा विभिन्न शीर्षकमा २०६७ सालमा लिएको ऋण अहिले ७६ करोड ९७ लाख ७९ हजार पुगेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव रहेका तेजबहादुरविरुद्ध उक्त सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको छ । तर, उनी प्रहरीको फरार सूचीमा छन् ।

सहकारीका तत्कालीन अध्यक्ष डीबीले नै उनका दाजु तेजबहादुरको नाममा कर्जा दिएर दुरुपयोग भएको हो । यस्तै डीबी आफैंले लिएको ऋणको साँवा तथा ब्याज जरिवानासमेत ५५ करोड ५५ लाख ३७ हजार पुगेको छ ।