मनसुन सक्रिय देशभर पानी पर्ने, वर्षाजन्य विपद्का घटना बढे,

मनसुन सक्रिय देशभर पानी पर्ने, वर्षाजन्य विपद्का घटना बढे,
  • १३ असार २०८१, बुधबार १०:४३

काठमाडौं– मनसुनी प्रणाली सक्रिय भएसँगै भएको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानजस्ता विपद्का घटनाहरू बढेका छन् ।

mulpatra

गृह मन्त्रालयका अनुसार विशेषगरी कोशी, मधेश र गण्डकी प्रदेशका विभिन्न ठाउँहरूमा पहिरो र डुबानका घटनाहरू देखिएका छन् । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गए राति पहिरो खस्दा पुरिएका एकै परिवारका चार जनाको शव भेटिएको छ । ओखलढुङ्गामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिकाका कैयौँ घर डुबानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले देशैभरिका विभिन्न खोला तथा नदीहरूमा पानीको सतह बढिरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पानी मोरङमा परेको छ । देशभर रहेका एक सय ७० वटा वर्षा मापन केन्द्रको विवरणअनुसार सबैभन्दा धेरै मोरङको विराटनगर विमानस्थल केन्द्रमा तीन सय ६१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

mulpatra mulpatra mulpatra

बितेको २४ घण्टामा एक सय ४७ वटा केन्द्रमा वर्षा भएको छ । वर्षा मापन गरिएका केन्द्रमध्ये दुई वटा केन्द्रमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । ११ वटा केन्द्रमा एक सय मिलिमिटरभन्दा बढी र ३३ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ । विभागका अनुसार यो हप्ताभरि नै देशका सबैजसो ठाउँमा वर्षा हुने सम्भावना छ