वैदेशिक रोजगार बीमामा साढे २० लाख बीमालेख सक्रिय, पौने तीन अर्ब प्रिमियम कलेक्शन

वैदेशिक रोजगार बीमामा साढे २० लाख बीमालेख सक्रिय, पौने तीन अर्ब प्रिमियम कलेक्शन
  • १४ असार २०८१, बिहीबार ०९:५५

काठमाडौं–११ महिनामा वैदेशिक रोजगार बीमा मार्फत पौने तीन अर्ब रुपैयाँ बीमा शुल्क आर्जन भएको छ। जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा सो बराबरको बीमा शुल्क उठाएका छन् ।

mulpatra

नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा कम्पनीहरुले ११ महिनामा कुल २ अर्ब ८७ करोड ७७ लाख ३० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको २० लाख ६७ हजार ६०३ वटा बीमालेख सक्रिय देखिएको छ । जेठ महिनामा मात्रै कम्पनीहरुले वैदेशिक रोजगर बीमा मार्फत २९ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो महिनामा कुल ७१ हजार ७८ वटा वैदेशिक बीमालेख बिक्री गरेका छन् ।

गत आवका जेठ मसान्तसम्मको तुलनामा भने वैदेशिक रोजगारी बीमा मार्फत कलेक्सन हुने बीमा शुल्क ३.०८ प्रतिशत घटेको छ । गत आवको सोही अवधिमा भने कम्पनीहरुले २ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, सक्रिय बीमालेखको संख्या भने बढेको देखिन्छ । गत आवको जेठ मसान्तसम्ममा कुल १५ लाख ८३ हजार ७३६ वटा वैदेशिक रोजगार बीमालेख सक्रिय थियो । तर, अहिले भने साढे २० लाख माथि सक्रिय छ ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो। पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी नेपाल, मेट लाइफ, सुर्याज्योति लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।

वैदेशिक रोजगार बीमा शुल्क आर्जन कुन कम्पनीको कति ?

वैदेशिक रोजगार बीमा मार्फत सबैभन्दा धेरै बीमाशुल्क सन नेपाल लाइफले संकलन गरेको छ । ११ महिनामा कम्पनीले ७४ करोड ७९ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । कम्पनीमा कुल ६ लाख ७८ हजार २९८ वटा वैदेशिक रोजगार बीमालेख सक्रिय छन् ।

Image Source: © https://mulpatra.com

यस्तै, नेपाल लाइफले ५८ करोड ५८ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । कम्पनीमा हाल ४ लाख ७४ हजार ८१५ वटा वैदेशिक रोजगार बीमालेख सक्रिय छन् । यस्तै, आइएमई लाइफले पनि ३४ करोड १ लाख १४ हजार, एशियन लाइफले २७ करोड ७० लाख, नेशनल लाइफले २५ करोड ४२ लाख, सूर्यज्योति लाइफले २२ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, सानिमा रिलायन्सले १९ करोड २२ लाख ४६ हजार, रिलायवल नेपाल लाइफले १६ करोड ९७ लाख, सिटिजन लाइफले ९ करोड १२ लाख र प्रभु महालक्ष्मीले १८ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।