चन्द्रागिरी नगरपालिकामा सबैभन्दा अब्बल देखियो लिटिलस्टार बोर्डिङ्ग, सबैभन्दा बढि जिपिए ल्याएको दाबी

चन्द्रागिरी नगरपालिकामा सबैभन्दा अब्बल देखियो लिटिलस्टार बोर्डिङ्ग, सबैभन्दा बढि जिपिए ल्याएको दाबी
  • १५ असार २०८१, शुक्रबार ०४:५८

काठमाडौं–चन्द्रागिरी नगरपालिका भित्रका स्कुलहरुमध्ये बालतारा एकेडमी लिटिलस्टार बोर्डिङ्ग स्कुलले सबैभन्दा बढि जिपिए ल्याएको छ ।

बिहीबार सार्बजनिक भएको एसईई परिक्षाको नतिजामा आफ्नो स्कुलले सबैभन्दा बढि जिपिए ल्याएको बोर्डिङ्गको दाबी छ । बोर्डिङ्गका विद्यार्थी अतुल नेपालले ३ दशमलव ९६ जिपिए ल्याउन सफल भएका छन् । यस बोर्डिङ्गबाट यसवर्ष २८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । चन्द्रागिरी नगरपालिका भित्र करिब ५५ वटा माध्यमिक तहका स्कुल तथा बोर्डिङ्ग रहेका छन् ।

आफुहरूको बोर्डिङ्गका विद्यार्थीले प्राप्त गरेको नतिजाको विषयमा कार्यकारी निर्देशक कृष्ण भण्डारीले भने ‘हामीले प्राप्त गरेको यो सफलता विद्यार्थी, शिक्षक र अविभावकको अथक मिहिनेतको परिणाम हो । हामीले आगामी दिनमा पनि हाम्रो विद्यालयको शैक्षिक गुणस्तरलाई अझ बढाइ देश र राष्ट्रको विकासका लागि आवश्यक पर्ने उत्कृष्ट जनशक्ति निर्माणको आधार तयार गर्दै जानेछौँ।’

गतसाल पनि यस बोर्डिङ्गले यस क्षेत्रका विद्यालयहरुमध्ये औषतमा सबैभन्दा बढि जिपिए ल्याउन सफल भएको थियो ।