Close

Recent Posts

रुसी सेनामा भर्ती गराएर र भगाएर ठुलो रकम ठगि गर्दै स्याङजा वलिङका चन्द्रबहादुर

रुसी सेनामा भर्ती गराएर र भगाएर ठुलो रकम ठगि गर्दै स्याङजा वलिङका चन्द्रबहादुर
  • १८ असार २०८१, सोमबार ०५:२४

काठमाडौँ– अवैध बाटो हुँदै रुसी सेनामा नेपाली युवालाई प्रलोभन देखाइ स्याङजा वलिङका चन्द्रबहादुर कुवँरले लैजाने गरेका छन् । उनले एक बर्षयता रुसमा पुराएका नेपालीसँग ठुलो पैसा असुली गर्दै आएका छन् ।

mulpatra

तीन महिना यता कुँवरले रुसी सेनामा भर्ती भएको नेपालीलाई भगाएर रुसमै अलपत्र पारेर ठगि गर्दै आएका छन् । रुसी सेनामा भर्ती गराउँदा र भगाएर समेत कुँवरले ठगि गरेको त्यहाँ अलपत्र परेको नेपालीहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

कुँवरले रुसी सेनाबाट एक जना नेपाली भगाएबापत ७ लाखभन्दा बढी नेपालीसँग पैसा लिने गरेको रुसमा रहेका नेपालीहरुले बताएका छन् । पैसा नभएको नेपालीलाई उनले बन्धन समेत बनाएर राख्ने गरेका छन् ।

mulpatra mulpatra mulpatra

कुँवरले ५० जनाभन्दा बढी नेपाली युवालाई रुसमा बन्धक बनाएर राखेको पाइएको छ । ५० जना युवालाई रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाएर प्रतिव्यक्ति १५ लाख समेत लिएको रुसबाटै एक युवाले जानकारी दिए। ती युवाका अनुसार अहिले उनले रुसी सेनामा भर्ती गराउने भन्दै लगेको ५० जना युवालाई बन्धक बनाएर राखेका छन् । अहिले खान–बस्नको टुङगो छैन । हामी ५० जनालाई बन्धक बनाएर राखेको छ । भोली रुसी सेनामा भर्ती गराउने भन्दै प्रलोभन देखाएर राखेको उनको भनाइ छ ।

सरकारले बन्द गरेपनि उनीसहितको दलालले रुस लगेर भर्ती गराएका नेपालीसँग उल्टो त्यहाँको सेनाबाट भगाएर पैसा असुली गर्दै आएका छन् । उनले रुसी सेनाबाट भगाएका नेपालीलाई ब्लकमेलिङ गरेर त्यहाँको प्रहरी समेत लगाउने गरेको रुसमा रहेका नेपालीहरु बताउँछन् ।

स्याङजाका कुँवर अहिले सम्म २ हजारभन्दा बढी युवासँग १० करोडभन्दा बढी पैसा ठगि गरेको पाइएको छ । उनी रुसमा बसेर नेपाली युवालाई नेपालमा एजेन्ट राखेर ठगि गर्दै आएका छन् । उनीले ठगिबाट बच्न आफुले नै अत्माहत्या गरेको अपवाह फैलाउँदै बेलारुसमा बसेर ठगि गर्दै आएका छन् । कुँवरलाई प्रहरीले समेत खोज्दै छ ।

Image Source: © https://mulpatra.com

mulpatra