Close

Recent Posts

आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किए, केही आउँदै

आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किए, केही आउँदै
  • ६ श्रावण २०८१, आईतवार ०८:२६

काठमाडौं– आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बाङ्लादेश एयरलाइन्सबाट करिब ४७ जना विद्यार्थी आएका छन् । केही हिमालयन एयरबाट साँझ आउने तयारी छ । उनीहरूलाई सम्बन्धित कलेजले एम्बुलेन्समा राखेर विमानस्थल ल्याइदिएको थियो ।

mulpatra

आइतबार बिहान उनीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । अहिलेसम्म करिब ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ । बंगलादेशमा जारी आन्दोलनका कारण ३५ जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो । आन्दोलन थप भड्किएपछि त्यहाँको सरकारले शनिबारदेखि कर्फ्यू लगाएको छ । बंगलादेशमा रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ ।