Close

Recent Posts

आन्दोलनमा १५०को मृत्यु भएपछि बंगलादेशको सर्वोच्च अदालतद्वारा आरक्षण प्रणाली खारेज

आन्दोलनमा १५०को मृत्यु भएपछि बंगलादेशको सर्वोच्च अदालतद्वारा आरक्षण प्रणाली खारेज
  • ६ श्रावण २०८१, आईतवार १०:२७

काठमाडौं–बंगलादेशमा जेठबाट जारी भएको आरक्षण (कोटा) विरोधी आन्दोलनमा १५० हाराहारीको मृत्यु भएसँगै बंगलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरेको छ । अब सरकारी जागिरमा ९३ प्रतिशत भर्ना योग्यता र प्रतिस्पर्धाको आधारमा हुने आदेश भएको अलजजिराले उल्लेख गरेको छ ।

mulpatra

बंगलादेशमा यस अगाडि ५६ प्रतिशत कोटा प्रणालीबाट जागिरमा भर्ना हुने प्रचलन थियो । त्यसैको विरोधमा आन्दोलन सुरु भएको थियो । बंगलादेशको उच्च अदालतले जुन ५ मा सरकारले गरेको कोटा खारेजी गैरकानूनी भनेसँगै आन्दोलन चर्किएको थियो ।

सन् २०१८ मा कोटा विरोधी आन्दोलन भएसँगै बंगलादेश सरकारले कोटा खारेज गरेको थियो । सरकारले खारेज गरेको कोटा अदालतले ब्यूँताएपछि पुनः आन्दोलन भएको हो । आन्दोलनले बंगलादेशका सबै शैक्षिक संस्था बन्द छन् । कर्फ्यू लगाइएको छ । इन्टरनेट सेवा बन्द छ ।