Close

११३ अंक बढ्यो सेयर बजार, बैंकिङमा १० प्रतिशतको छलाङ

११३ अंक बढ्यो सेयर बजार, बैंकिङमा १० प्रतिशतको छलाङ
  • १३ श्रावण २०८१, आईतवार १०:२८

काठमाडौं–आइतबार सेयर बजार ११३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि बजार सम्हालिएको थियो ।

mulpatra

बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन ।

mulpatra mulpatra mulpatra

१२ ः ०२ बजे नेप्से आजको अधिकतम अंक २७०८ मा पुगेको थियो । यस दिन माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रका सूचक बढे । माइक्रोफाइनान्स भने १० अंक (०.१८ प्रतिशत) घट्यो ।

बैंकिङ सबैभन्दा धेरै ९.८९ प्रतिशत बढ्यो । विकास बैंक ४.८, फाइनान्स १.२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर ०.८३, लगानी ५.७५, जीवन बीमा ४.२४, उत्पादन १.७२, निर्जीवन बीमा २.६८, अन्य ३.१९ तथा व्यापार २.६२ प्रतिशत बढ्यो ।

यस दिन स्टान्डर्ड चार्टर्डबाहेक अरु १८ वाणिज्य बैंकको मूल्य १० प्रतिशत बढ्यो । स्टान्डर्ड चार्टर्डको ८.३ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

Image Source: © https://mulpatra.com

बैंक बढेको मूल्य रुपैयाँ पछिल्लो मूल्य रुपैयाँ
इन्भेस्टमेन्ट मेगा २१.९० २४०.९०
सानिमा ३२.५० ३५७.५०
एनएमबी २५ २७५
प्रभु १९.९० २१८.९०
ग्लोबल आईएमई २३.५० २५८.५०
सिटिजन्स २३ २५३
प्राइम कमर्सियल २६.९० २९५.९०
नेपाल २६.८० २९४.८०
लक्ष्मी सनराइज २२ २४२.२०
कुमारी १९.३० २१२.४०
हिमालयन २५.३० २७८
नबिल ५७.५० ६३३.४०
एनआईसी एसिया ५०.१० ५५२
माछापुच्छ्रे २२.८० २५१.४०
सिद्धार्थ ३२.६० ३५९.५०
कृषि विकास ३५.२० ३८७.२०
एभरेस्ट ६१.१० ६७८
एसबीआई ४१ ४५१
स्टान्डर्ड चार्टर्ड ५५ ७१८