लगानीयोग्य पैसा बैंकमा थुप्रिदा बैंकहरुको बेस रेट ६ प्रतिशतमा झर्याे
काठमाडौं बैंकहरुले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने बेस रेट घटेको छ। बैंकहरुको बेस रेट गत आर्थिक बर्षदेखिमा ६ प्रतिशतमा झरेको हो ।

गत आर्थिक वर्षको असारमा २ बैंकको आधार दर ६ प्रतिशत, ५ बैंकको ७ प्रतिशत, ११ बैंकको ८ प्रतिशत र २ बैंकको ९ प्रतिशत थियो् । गत आर्थिक बर्षमा बैंकहरुको बेस रेट घटेका कारण चालु आर्थिक आर्थिक बर्षमा यसैका आधारमा कर्जा प्रवाह गर्ने पक्षमा बैंकहरु छन्। बैंकहरुको बेस रेट ६ प्रतिशतसम्म झरेको छ ।
बैंकहरुले बेस रेटमा केही प्रतिशत प्रिमियम थप गरी ग्राहकलाई कर्जा दिनुपर्ने व्यवस्था छ । बैंकहरुमा अहिले ७ खर्ब बढीको लगानीयोग्य रकम छ। जसले गर्दा बैंकहरु अत्यन्तै न्युन प्रिमियममा नै कर्जा दिने घोषणा गर्न थालेका छन् ।
अहिले लगानीयोग्य रकम धेरै भएको अवस्थामा बैंकहरुले कम प्रिमियम राखेर नै कर्जा दिइरहेका छन्। बैंकहरुले बेस रेट अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्छन् । विगतमा धेरै तरलता हुँदा बैंकहरुले बेस रेटमै कर्जा दिएका थिए। बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सबै बैंकबाट एकल अंकको ब्याजदरमा मै कर्जा प्रवाह गर्ने जनाइएको छ ।
![]() |
![]() |
![]() |
|---|
कुन बैंकको आधारदर कति ?
स्ट्यान्डर्ड चाटर्ड बैंकको सबैभन्दा कम ६.६ प्रतिशत बेस रेट
एनआइसी एसिया बैंकको बेस रेट सबैभन्दा धेरै ९.१९ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंकको बेस रेछ ६.७१ प्रतिशत
एभरेष्ट बैंकको बेस रेट ७.२९ प्रतिशत
नबिल बैंकको बेस रेट ७.६३ प्रतिशत
नेपाल बैंकको बेस रेट ७.९७ प्रतिशत
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बेस रेट ७.८२ प्रतिशत
सानिमा बैंकको बेस रेट ७.८३ प्रतिशत
कुमारी बैंकको बेस रेट ८.८९ प्रतिशत
प्रभु बैंकको बेस रेट ८.०२ प्रतिशत
लक्ष्मी सनराइज बैंकको बेस रेट ८.५२ प्रतिशत
एसबिआई बैंकको बेस रेट ८.३ प्रतिशत
हिमालयन बैंकको बेस रेट ९.०८ प्रतिशत
प्राइम कमर्शियल बैंकको बेस रेट ८.४९ प्रतिशत
एनएमबि बैंकको बेस रेट ८.४२ प्रतिशत
सिटिजन्स बैंकको बेस रेट ८.२६ प्रतिशत
ग्लोबल आइएमई बैंकको बेस रेट ८.०९ प्रतिशत
कृषि विकास बैंकको बेस रेट ८.०९ प्रतिशत
माछापुच्छ्रे बैंकको बेस रेट ८.२६ प्रतिशत
सिद्धार्थ बैंकको बेस रेट ८.११ प्रतिशत



