Close

Recent Posts

साढे १४ खर्ब रेमिट्यान्स भित्रियो, महँगी ५.४४ प्रतिशतमा सीमित

साढे १४ खर्ब रेमिट्यान्स भित्रियो, महँगी ५.४४ प्रतिशतमा सीमित
  • २ भाद्र २०८१, आईतवार ०९:०४

काठमाडौं– आर्थिक वर्ष २०८०÷८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको बृहत् आर्थिक परिदृश्यसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार गत वर्षको तुलनामा रेमिट्यान्स साढे १६ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा नेपालले एक आर्थिक वर्षमा १०.८६ बिलियन रेमिट्यान्स भित्र्याएको छ । यो अहिलेसम्मकै उच्च हो। कोभिड १९ महामारी नियन्त्रण भएपछि नेपालबाट विदेशिनेको संख्या उल्लेख्य बढेको छ ।

mulpatra

पछिल्लो तीन वर्षमा मात्रै २५ लाख नेपाली बिदेसिएको तथ्यांक छ। पछिल्ला वर्षहरूमा प्रमुख श्रम गन्तव्यबाहेक विकसित देशमा स्थायी बसोबास अनुमति लिएर बाहिरिने नेपालीको संख्या पनि उल्लेख्य बढ्न थालेको छ ।

मूल्य वृद्धि ६ प्रतिशतभन्दा कम

mulpatra mulpatra mulpatra

नेपाल राष्ट्र बैंकले देशभित्र वस्तु र सेवाको मूल्यमा कमी आउन थालेको जनाएको छ। २०८० असार मसान्तसम्म वार्षिक औसत मूल्यवृद्धि ७.७४ प्रतिशत रहेकोमा २०८१ असार मसान्तमा ५.४४ प्रतिशत छ। यद्यपि खाद्य उपसमूहको मूल्य वृद्धि भने केही उच्च ६.४७ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

व्यापार घाटा १४ खर्ब ४० अर्ब

आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक व्यापारमा सामान्य गिरावट आएका कारण व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपालले १५ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको वस्तु र सेवाआयात गरेको छ भने निर्यात १ खर्ब ५२ अर्ब रुपैयाँ छ ।

Image Source: © https://mulpatra.com

वैदेशिक मुद्रा सञ्चितिमा ३० प्रतिशतको वृद्धि

नेपालमा वैदेशिक मुद्राको सञ्चिति उल्लेख्य बढेको छ । रेमिट्यान्समा वृद्धि र आयातमा कमी तथा पर्यटन क्षेत्रमा सुधार देखिएसँगै वैदेशिक मुद्रा सञ्चिति ३०.४ प्रतिशतले बढेर १५ अर्ब २७ करोड अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। मुलुकमा भित्रने र मुलुकबाट बाहिरिने रकमको अन्तर देखाउने चालु खाता २ खर्ब २१ अर्ब रुपैयाँ ले बचतमा रहेको छ ।