Close

Recent Posts

प्रसाईले राष्ट्रवादी शक्तिसँग सहकार्यका लागि वार्ता टोली गठन

प्रसाईले राष्ट्रवादी शक्तिसँग सहकार्यका लागि वार्ता टोली गठन
  • ९ भाद्र २०८१, आईतवार ०५:१८

काठमाडौं– नागारिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आम राष्ट्रवादी शक्तिबीच सहकार्यका लागि अपिल गरेका छन् । प्रसाईले नेतृत्वको महाअभियानले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गदै राष्ट्रवादी शक्तिबीच सहकार्य र एकताको आवश्यकता रहेको भन्दै सबैलाई एक स्थानमा आउन आग्रह गरेका हुन् ।

mulpatra

प्रसाईले महाअभियानमार्फत दुई बर्षयता देश र जनताका लागि आन्दोलन गर्दै आएका छन् । प्रसाईकै आन्दोेलनका कारण अहिले गरिबी, राज्यबाट मिच्चिएका जनता, सहकारी र बैंक पीडितको उद्धार भइरहेको छ ।

प्रसाईले गत बर्ष मंसिर ७ गने सरकार हल्लाउने गरी आन्दोलन गरेका थिए । उनको आन्दोलनको अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा भएको थियो । भने विदेशी सञ्चारमाध्यमको मुख्य समाचार समेत प्रसाईको आन्दोलन बनेको थियो ।

प्रसाईले आगामी मंसिर ७ गतेका लागि आन्दोलन फेरी घोषणा गरेका छन् । उनले मंसिर ७ गतेको आन्दोलन वार की पार भनेका छन् । यसै आन्दोलनका लागि प्रसाईले राष्ट्रवादी शक्तिलाई एक ठाँउमा उभिन आग्रह समेत गरेका हुन् ।

प्रसाईले आनन्द प्रसाद प्याकुरेल, ओमप्रसाद तामाङ, कुमार बस्नेत, नवराज पनेरु र किशोर जङ राणालाई वार्ता टोलीमा राखेका छन् ।