Close

Recent Posts

कांग्रेस–एमाले गठबन्धनलाई भारतको सर्मथन नरहेको संकेत, सरकारको आयु कति ?

कांग्रेस–एमाले गठबन्धनलाई भारतको सर्मथन नरहेको संकेत, सरकारको आयु कति ?
  • १० भाद्र २०८१, सोमबार ०५:२८

काठमाडौं– नयाँ दिल्लीमा ‘अनपेक्षित महत्त्व’ पाएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो दल नेपाली कांग्रेसको बैठकमा भ्रमणबारे जानकारी गराएकी छन् । आफ्नो पाँच दिने भारत भ्रमणबारे साउन २ देखि जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले शुक्रबार ‘ब्रिफिङ’ गरेकी हुन् ।

mulpatra

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । मोदीले दिएको भेट र उनले आफ्नो प्रतिनिधिमण्डलमा समावेश गरेका सदस्यका कारण राणाको भ्रमणलाई भारतले उच्च महत्त्व दिएको विश्लेषण भएको छ ।

गत असार १७ गतेको मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारलाई विस्थापित गर्दै नयाँ सरकार बनाउने गरी ७ बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ३० असारमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए । यो सरकारलाई भारतको समर्थन नरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संकेत दिएको राणाले काँग्रेस बैंठकमा जानकारी गराएको एक कांग्रेसका नेताले जानकारी लिए।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारलाई खुलेर स्वागत गरेको छैन । भने राणाले नै अहिलेको गठबन्धन सरकारलाई भारतमा समर्थन नरहेको बैंठकमा बताएकी छिन् ।

संक्षिप्त धारणा राखेकी भए पनि मन्त्री राणाले आफ्नो भारत भ्रमणको राजनीतिक सन्देश बैठकमा सुनाउन भने छुटाइनन् । केन्द्रीय सदस्य गुरुङका अनुसार नेपालमा दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको गठबन्धन सरकारलाई सकारात्मक रूपमा लिएको आफूले पाएको बताएकी थिइन् । तर, अर्का एक केन्द्रीय सदस्यका अनुसार मन्त्री राणाले उक्त कुरा सनाउँदै गर्दा उनको अनुहारमा भने खुसीको भाव झल्किएको थिएन ।

विदेशमन्त्री एस जयशंकरसँगको द्विपक्षीय भेटवार्तामा उर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायतका विषयमा कुरा उठाएको पनि उनले जानकारी गराएकी थिइन् ।

भारतले नचाहँदा पनि शेरबहादुर दाइले ओलीसँग मिलेर सरकार बनाइदिनुभयो । करिब दुई महिनाअघिको राजनीतिक घटनाक्रम सम्झिँदै उनले भने, ‘भारतीयले रोक्न खोज्दा पनि मान्नु भएन । यसै विषयमा भारत अहिलेको गठबन्धनसँग रुष्ट छ ।

प्रचण्ड पछिल्लोपटक दिल्ली जाँदा पनि भारतले एमाले–माओवादीबीचको नभई कांग्रेस–माओवादीबीचको गठबन्धन सरकार बनेको हेर्न चाहेको सन्देश दिएको नेपालको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । सोही अनुुसार नेपालमा सरकार बनाउनु पर्ने पक्षमा भारत छ ।

तत्कालीन प्रधानमन्त्री प्रचण्ड गत १७ जेठमा मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा नयाँ दिल्ली गएका थिए । त्यहाँ मोदी र प्रचण्डको ‘वान टु वान’ भेट समेत भएको थियो। एमालेसँग मिलेर सरकार चलाइरहेका प्रचण्डलाई मोदीले कांग्रेससँगै मिलेर सरकार चलाउन अप्रत्यक्ष आग्रह गरेको चर्चा हुने गरेको छ । ओलीलाई भने अहिलेसम्म मोदी भारत भ्रमणको निम्तो दिएका छैन ।