अमेरिकामा मुनालाई गोली हान्ने बबी सिंह पक्राउ, मृत्युदण्ड हुनसक्ने

अमेरिकामा मुनालाई गोली हान्ने बबी सिंह पक्राउ, मृत्युदण्ड हुनसक्ने
  • १४ भाद्र २०८१, शुक्रबार ११:३६

काठमाडौं– मेरिकाको टेक्ससमा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा बबी सिंह पक्राउ परेका छन् । उनलाई जघन्य हत्याको आरोप लगाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

mulpatra

जघन्य हत्या अभियोगमा अमेरिकामा मृत्युदण्डसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

लुटपाटको क्रममा उनको हत्या भएको हुन सक्ने अदालती कागजमा उल्लेख गरिएको भए पनि पुष्टि भने हुन सकेको छैन । बबी सिंह शाह ५१ वर्षका रहेको बताइएको छ । उनलाई गैरकानुनी हतियार बोकेको आरोप पनि लगाइएको छ ।

mulpatra mulpatra mulpatra

प्रहरीले मुनाको हत्यामा संलग्न फोटो सार्वजनिक गरेलगत्तै पक्राउ परेका थिए । ट्राफिक स्टपमा उनलाई पक्राउ गरिएको ह्युष्टन प्रहरीलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ । प्रहरीले बुधबार बिहान संदिग्ध हत्याराको फुटेज सार्वजनिक गरेपछि साँझ नै सिंह पक्राउ परेका हुन् ।

स्थानीय समयअनुसार बुधवार साँझ करिब आठ बजेतिर ट्राफिक स्टपमा ती व्यक्ति समातिएका हुन् । आरोपित हत्याराले के कति कारणले गोली हानेर मुनाको हत्या गरेको हो भन्ने विवरणहरु भने सार्वजनिक भइसकेको छैन।

उनको हत्यारा पत्ता लगाउन ह्युस्टनको नेपाली समुदायका प्रतिनिधिहरु निरन्तर ह्युस्टन पुलिसको सम्पर्कमा रहेर काम गरिरहेका थिए ।

Image Source: © https://mulpatra.com

यसैबीच मुना पाण्डेको अन्तिम संस्कार लगायतका खर्च व्यवस्थापन र एकल महिलाका हैसियतमा दिवंगत मुनाकी एकमात्र अभिभावक उनकी आमा अनिता पाण्डेको सहयोगार्थ रकम संकलन अभियान समेत सुरु भएको छ।

सो सहयोग अभियानमा सबैले सकेको सहयोग गरिदिन ह्युस्टनमा रहेका सबै नेपाली समुदायका संस्थाहरु नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच), ग्रेटर ह्युस्टन नेप्लिज च्याम्वर अफ कमर्स, गुल्मी समाज, क्रियटिभ नेप्लिज सोसाइटी र नेप्लिज हेरिटेज यूनियनले अपील समेत गरेका छन् ।