प्रधानमन्त्री ओलीभन्दा सामाजिक सञ्जालमा प्रसाई पपुलर, आन्दोलनको नेतृत्व गर्न सुझाव

प्रधानमन्त्री ओलीभन्दा सामाजिक सञ्जालमा प्रसाई पपुलर, आन्दोलनको नेतृत्व गर्न सुझाव
  • १४ भाद्र २०८१, शुक्रबार १५:५८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीभन्दा सामाजिक सञ्जालमा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई धेरै पपुलर देखिएका छन् । हालै एक संस्थाले ७ हजारभन्दा बढी देश–विदेशमा रहेका नेपालीहरुबीच सामाजिक सञ्जालमा गरेको अनुसन्धानमा ओलीभन्दा प्रसाईलाई सार्वधिक रुचाइएको छ ।

mulpatra

अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीभन्दा जनताको समस्या, आवश्यकता र जनतासँग नजिक भएर प्रसाईले काम गरेको अनुसन्धानमा सहभागि अनुसन्धानकर्ताले आफनो धारण राखेका छन् । उनीहरुले जनताको आवाज ओलीभन्दा प्रसाईले बुझने र देशका लागि उनै आवश्यक रहेको अनुसन्धानमा सहभागि नागरिकहरुको भनाइ थियो ।

उक्त अनुसन्धान देशभित्र रहेका नागरिक, वैदेशिक रोजगारीमा कार्यरत नेपाली, विभिन्न देशमा अध्ययनरत विद्यार्थी, तल्लो वर्गका श्रमिक, विश्वविद्यालयका प्रोफेसर र विदेशमा बसोबास गर्दै आएका नेपालीहरुमा गरिएको थियो । अनुसन्धानमा करिब ७ हजार नागरिकलाई सहभागि थिए । अनुसन्धानमा सहभागि नागरिकलाई विभिन्न खालका प्रश्न सोधिएको थियो ।

mulpatra mulpatra mulpatra

अहिलेको राजनीतिक अवस्थामा एमाले अध्यक्ष केपी ओली र महाअभियानका संयोजक दुर्गा प्रसाईमध्ये को उचित पात्र हो भनेर गरिएको प्रश्नमा ५ हजारभन्दा बढी प्रसाई नै ठिक भएर उत्तर दिएका थिए । भने दुई हजारले मात्र प्रधानमन्त्री ओलीलाई रुचाएको अनुसन्धानमा उल्लेख छ ।

अनुसन्धानमा सहभागिमध्ये ७० प्रतिशतले ओलीभन्दा प्रसाई ठिक भनेका छन् । भने २७ प्रतिशतले मात्र ओलीका पक्षमा खुलेको देखिन्छ । प्रसाईले बैंक, सहकारी, भ्रष्टाचार, देशको अर्थतन्त्र लुट्ने र देश लुट्ने मारवाडीको विरोधमा दुई बर्षयता आवाज उठाउँदै आएका छन् । प्रसाईले उठाएको यही मुद्धालाई आमनागरिकले रुचाएको अनुसन्धानमा उल्लेख छ ।

प्रसाईले वैदेशिक रोजगारीका क्रममा मृत्यु भइ अलपत्र परेका शव स्वदेश ल्याइदिने, स्वदेशमा अलपत्र शव आफनै खर्च दहसंस्कार गरिदिने, भुँईमान्छेको सहयोग, गरिब र सरकारबाट हेपिएका जनताको सहयोग गरेको विषय अनुसन्धानमा रुचाइएको छ ।
यस्तै, प्रसाईलाई वर्तमान संसदीय प्रणालीभन्दा बाहिर गएर यसलाई फाल्न र नयाँ व्यवस्था ल्याउन आन्दोलन गर्न अनुसन्धानमा सहभागिहरुले सुझाव समेत दिएका छन् ।

Image Source: © https://mulpatra.com

अहिलेको व्यवस्थाले भ्रष्टाचारीलाई संरक्षण गर्छ । जुन प्रणालीमा एउटा सामान्य कर्मचारीले समेत भ्रष्टचार गर्ने सामर्थ्य राख्छ । यस्तो व्यवस्था बदल्न प्रसाईले आन्दोलनको नेतृत्व लिनुपर्ने वैदेशिक रोजगारीमा कार्यरत श्रमिकहरुको माग छ । स्वदेशमा रहेका नेपालीको पनि यही माग छ ।

व्यवस्था नबदलिकन अवस्था बदल्ने विषयको झूठको खेती भइरहेको छ । देशमा व्यापक ध्रुविकरण भएको छ । एकातिर कट्टर दलाल र अर्कोतिर राजनीतिकका नाममा ठगि खाने काम भइरहेका कारण तत्काल व्यवस्था बदल्न आन्दोलन गर्न प्रसाईलाई अनुसन्धानकर्ताले आग्रह गरेका छन् ।

अनुसन्धानमा जनताले देशभित्रै रोजगारी, शिक्षा, आफनोपन चाहेको र यहीअनुसारको समाज निर्माणका लागि अघि बढ्न प्रसाईमाथि आस गरेको देखिन्छ । बंगलादेशमा जस्तै आन्दोलन गरेर प्रसाईलाई राजनीति परिवर्तन गर्न प्रसाईलाई आम नागरिकले सुझाव दिएका छन् ।

प्रसाईका उपलब्धीहरु