प्रधानमन्त्रीलाई पत्र

प्रधानमन्त्रीलाई पत्र
  • १५ भाद्र २०८१, शनिबार २२:१८

सम्माननिय प्रधानमन्त्री कमरेड,

जताततै हजुरको आलोचना देखेर मन थाम्न यो पत्र लेख्तै छु! आफ्नै कोटरिको सम्झिएर पत्र पुरै पढिदिनु होला !

कथित आलोचना देखेर आत्ती हाल्नु पर्ने केही छैन! हामिसंग झन्नै दुई तिहाइ पो छ त! आलोचना गर्ने स्वांठहरुलाइ सम्झाउन सकिन्न! भुक्छन भुक्छन थाक्छन! ३-४ दिन भो मेरो काठमान्डौ बसाइ!! सबै तिर घुमें तर कतै हजुरको दोस देखिन!

सिंह दरबार छिरेको कतै धुलो छैन। बालुवाटारमा हजुरको निवास उत्तिकै सफा ! बस्ने मान्छे अनुसारको न हुन्छ सफाइ! भन्ने इ स्वांठलाइ के थाहा! आफू बाटा भरी धुलो अनि हिलाम्ये खाल्डो पार्ने अनि दोस हजुरलाइ दिने नक्कचरा हरु ! फेरि बाटो त्यस्तो पारे पछि एसि भएको लग्जरी गाडिमा हिन्नु पर्छ नि धुलो नखान लाई ! ट्याम्पो, बाइक, बसमा अझ बाटैमा ठमठमि हिड्ने अनि हजुरलाइ दोस दिने? वाइह्यात !


आजै एउटा पत्रीका कुर्लदै थियो हजुरको दबाइ मुलोमा भएको खर्चका बारेमा ! हजुर जस्तो मान्छेका लागि खर्च भएको त्यति नाथे पैसाको पनि हेडलाइन न्युज बनाउने ? सबै दलका लिएकै छैनन र हैन र ? हजुरको गाथमा अलिकती तलमाथी भयो भने देशको कुन बिजोक हुन्छ? यी बुद्दिको भांडामा बिर्को लागेका पत्रु पत्रकारलाइ कसले सम्झाउने ? हुन्दिस्योस, काग कराउंदै गर्छ, पिना सुक्दै गर्छ ! यिनलाइ मिडिया कानुन दर्हो ल्याएर ठेगान लगाउने प्रयत्न त्यसै राम्रो काम भनेको हुं र मैले !


स्कुटर चढेर एक चक्कर लगाएको सुकेधारा देखि पुतली सड्क सम्म, दांतमा अलि अलि बालुवा जम्मा भएछ, लुगा अलि मैला जस्ता देखिए। लुगा र दांत दुबै धुनु पर्‍यो भनेको धारामा पानी रैनछ ! लुगा टकट्क्याएं, सफा कपडाले दांत पुछें, सिद्दी त गो ! धारामा पानी दुई तीन दिनमा आइहाल्छ! यति सानुकुरोमा अरु भए कचकच गर्थे होला तर म त त्यस्तो परिन ! हजुरलाइ थाहै छ ! फेरि ट्वाइलेटमा पानी नभएर के भो त ! दुई तीन दिन त ट्वालेट पेपरले पनि थेग्दो र छ! खाने पानीलाइ जारको ब्यवस्था गरेकै छु क्यारे !

यसैपनी घरमा ट्वाइलेट बनाउन नसकेर मैदान जानेहरु खाडी मुलुक तिर हजुरले पठाइ दिस्येकै छ! २० औ पटक मन्त्री बनेका रोजगार मन्त्री छँदैछन साथमा। जान्न भनेर ढिठ मारेर बस्नेसंग त कस्को के लाग्छ! यो हजुरको दोस हुँदै होइन! यति कुरो त म जहाँ भन्न पनि सक्छु !


मेलम्ची हजुरको पालामा सुरु भा हो र हजुरले सक्नु पर्ने?? त्यसको दोस त हजुरलाइ दिनै मिल्दैन झन ! हजुर्लाइ सत्ता छोड्न कथम कदाचित मन लागि हाल्यो भने जसले सुरु गर्‍या हो उहीँ आउँछ बनाउंछ! हुन्दिस्योस, डर मान्नु पर्ने केही छैन! झन्नै दुई तिहाइ पो छ त ! आठ लाख त अरिङ्गाल मात्रै छन देशमा ! के सम्झिएका छन स्वांठहरुले ? अर्को चुनावमा दुई तिहाइ न आउला रे ल ! ५१% मात्रै आयो भने पनि त प्र म त हजुरै हो ! चुनावका बेला स्वांठ नभनेर जनता जनार्दन भन्दिउंला, फुर्की जान्छन!!

सुन कान्ड निर्मला हत्याकान्ड, लोकसेवा कान्ड, बालुवाटारको जग्गा कान्ड, अहिले फेरि बिजुलिको बिल जस्ता अनेकन कान्डमा हजुरको नाम जोडेका छन लाचार भन्दै ! विगतमा पनि त सुडान घोटला काण्ड, लाउडा, चेज र धमिजा भएको होइन र ? यी बाट बिचलित हुनुपर्ने केही छैन, कुकुर भुक्तै गर्दा हात्ती लम्कन छोड्छ र ? हजुरको एक बोली नै गोलि बराबर छ यिनलाइ! एकछिन बर्बराउंछन र कान्ला मुनि सुत्छन!


हजुरले गरेको काम देखेका छन यिनले ? बिहान बेलुका दिउँसो जतिखेर पनि दबाइ खानुपर्ने मान्छेले निमेसभरमा त्यत्रो टावर बनाएर देखाइ दिएको होइन दमकमा ? रास्ट्रीय गौरबको त्यत्रो आयोजना सम्पन्न हुंदा चुइंक्क बोल्यो कोहि? एक दुई तुइन पनि हटाइ दिस्या होइन हजुरले ? धरहरा नि धरहरा ? प्र म हुने बित्तिकै उदघाटन गर्दिस्या होइन ? त्यसपछी भाकाले नबनाइदिएको दोष पनि हजुरको हुनु पर्ने ? लम्पटहरु !

हजुरनै प्र म भएका बेला सबै गर्दिनु पर्ने ? फेरि के के मात्रै गर्नु ?, छ लेनको राजमार्ग चाहियो रे ! म झापा बाट हिजो मात्रै आको होइन काठमान्डु? २ लेनकैमा सजिलै संग आइन ? अनि किन फजुल खर्च ? अहिले लाई “त्यो पर्दैन” भन्दिए हुन्छ ! रोजगारी दिनुपर्‍यो रे! ठेक्का लिस्या छ हजुरले ? इ मलाइ नभए नि भा कै छ त ! यी पगिता मान्छे हजुरले जन्माए जस्तो ! पानी जहाज खोइ पनि भन्छन कोइ कोइ! नारायणिका तिरमा लगेर मुन्ट्याइ दिनु जस्तो ! बोट चलाइ राख्या नदेख्ने अनि कुरा काट्ने? दुधकोशिमा फेरि लाएर मान्छे र गाडी तारेको देख्या नदेखै गर्न मिल्छ?


भन्न त ग्यास पाइप खोइ घर घरमा पनि भन्छन नालायकहरु ! इन्डक्सन चुल्हो चलाए ग्यास पाइप चाहिन्छ ? वाहियात ! यस्ता अप्डेरा मान्छे यहि नेपालमै मात्र हुने हुन ? एक चोटि हजुरले बोलिहाल्नु भो ! भै गो त भन्नू पर्दैन ? सरकारका सय काम हुन्छन! दिनकै तीन चार उदघाटन गर्दै बित्छ! स्कुलको पुरस्कार बितरण भन्यो, ७ नं वडाको सांस्कृतिक कार्यक्रममा जानै पर्‍यो, जिल्लाका बग्रेल्ती मान्छे आउंछन, भेट्नै पर्‍यो, ताइं न तुइंका बिदेशी संगको भेट पनि आवस्यकै हुन्छ, दबाइको टाइमिङ मिलाउनै पर्‍यो, एकैछिन संसदमा गएर उंगेन भने धपेडी हुन्छ! बोल्नै पर्ने अवस्था आउंदा बिपक्षीलाई सत्तोसराप गर्ने उर्जा पनि चाहियो नि ! धन्न विपक्षीहरु उत्तर दिन पनि नसक्ने छन र बरा ! स्वांठहरुले यस्ता कुरा बुझ्छन ?

खोइ समय र तुइन बिस्थापित गर्न? खोइ समय मेलम्ची ल्याउन? खोइ समय घर घरमा ग्यास पाइप पुर्‍याउन? खोइ समय रेल र पानी जहाज भित्र्याउन ? हुंकारेर मात्र हुन्छ ? लाज सरम पचेका हरु ! मलाइ मात्र थाहा छ हजुरलाइ कति अप्ठ्यारो छ भनेर!
तर हजुर डराउनु पर्दैन ! “मिशन ८४” हजुरको नारा जिवित छ! त्यसलाइ सफलिभुत पार्न हामी आठ लाख अरिङ्गाल जिवित छौं, मरेका छैनौं!

प्रधानमन्त्री कमरेड,


एउटा सुकेनास लागेको TV पत्रकार मिडियामा बर्बराउंदै गरेको सुन्दै थिएं, कम्ता रिस उठेर आएको होइन ! बढो जान्ने भएर अमेरिकाको रास्ट्रपती २ कार्यकाल भन्दा बढि हुंदैन, क्लिन्टन २ कार्यकाल सकेर बिना सुरक्षा सडक पेटिमा बर्गर किन्दै गरेको भेटिन्छन रे भन्दै थियो, त्यस्तै ट्रम्प, ओबामाको पनि कुरा गर्दै थियो! कोही ७ औं पटक पुर्याउन लागि परेका छन ? नेपालिलाइ मात्रै ५–७ पटक किन हुनुपर्ने भनेर कुर्लदै थियो! त्यस्का पितृलाइ के थाहा हजुर जस्तो काबिल मान्छे यो खाल्डोमा छैन भनेर ? आरिसे गोरु ! अरु त अरु काङ्रेसका २ महामत्रीलाइ समेत भड्काएछ ! कुन दिन संसदमै आएर कुर्लने हुन ठेगान छैन! त्यो पत्रकार र त्यसका कुरा प्रसारण गर्ने TV मालिक दुबैको पाता फर्काएर देश निकाला गर्दिस्योस! परेको ब्यहोरौंला !!

हजुरप्रती भक्तिभाव भएका हामी हजारौं लाखौं छौं! एक रति डराउनु पर्दैन!

अहिलेलाइ लाल सलाम प्रधानमन्त्री कमरेड !!

उहि हजुरको खाटी अरिङ्गाल
झापा