अर्थतन्त्र सुधार गर्न मौद्रिक निती लचिलो बनाइएको होस् अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुधार गर्न मौद्रिक निती लचिलो बनाइएको होस् अर्थमन्त्री पौडेल
  • १६ भाद्र २०८१, आईतवार १०:५८

काठमाडौं–उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक निती ऐतिहाँसिक रूपमा लचिलो बनाईएको बताए । सरकारले विग्रिएको अर्थतन्त्र सुधारकै लागी सरकार डटेर काम गर्ने बताए । अर्थतन्त्र थप सुधार गर्न थप सुझाव दिन मन्त्री पौडेलले बताए ।

नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रले अव गुनासो गर्नु नपर्ने बेला आएको बताए । ‘अव गुनासो होईन समाधान गर्ने वेला आएको छ ।’

अर्थमन्त्री पौडेलले बजारमा आम मागमै न्युनतामा रहेको बताए । एक वर्षमा तिन अर्थमन्त्री मुलुकले व्यहोर्ने अस्थिरता रहेको पौडेलले बताए । अव ति अस्थिरताको अन्त्य हुने उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार गर्न मौद्रिक निती लचिलो ल्याएको बताए । उनले अर्थतन्त्रमा आन्तरिक क्षेत्र सुधार हुँदै गएको र बाह्य क्षेत्र सकारात्मक रहेको बताए ।
गभर्नर अधिकारीले साउनबाट यता सरकारको राजश्व सुधार हुँदै आएको बताए । उनले साउन महिनामा ३ अर्बमात्र कर्जा प्रवाह भएकोमा हाल बढेर भदौमा १२ अर्व कर्जा प्रवाह भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई खुम्च्याउनेगरी बैंकर व्यापारी छुट्याउने संवन्धी बाफिया सच्याउन अर्थमन्त्रीलाई आग्रह गरे ।

बैंक वित्तिय संस्थामा प्रसस्त लिकुडिटी रहेको अवस्थामा लगानीको वातावरण बन्नेगरी सरकारले कन्फिडेन्स ल्याउनुपर्ने बताए । निर्माण व्यावसायीको चुक्तानी गरेर सरकारले काम लगाएर भुक्तानी पनि दिन्छ भन्ने भास्य स्थापित हुनुपर्ने बताए । उनले खुल्ला सिमानाको कारण मुलुकले ठुलो कर चुहावट रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारको लागी सेजनले समाचारको माध्यमबाट अर्थतन्त्र सुधारमा ध्यान दिनुपर्ने बताए । उनले अहिले बजारमा माग बढ्न नसकेको आयात र निर्यात घटेको बताए ।
अग्रवालले सरकारले छिट्टै देशमा लगानी बृद्धि गरी बजारमा माग बढ्ने वातावरण निर्वाण गर्नुपर्ने बताए ।