Close

Recent Posts

प्रसाईको नागरिक बचाउ महाअभियानसँग चुरेभावर एकता पार्टी सामेल

प्रसाईको नागरिक बचाउ महाअभियानसँग चुरेभावर एकता पार्टी सामेल
  • १८ भाद्र २०८१, मंगलवार १२:३५

काठमाडौं– नागरिक बचाउ महाअभियानसँग चुरेभावर राष्ट्रिय एकता पार्टी जोडिएको छ । आज नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफनो घरमा एक कार्यक्रम गर्दै चुरेभावर राष्ट्रिय एकता पार्टीसँग एकता भएको घोषणा गरेका हुन् ।

mulpatra

प्रसाईले चुरेभावर पार्टीका अध्यक्ष पुर्वमन्त्री बद्रीप्रसाद नेउपाने केन्द्रिय सचिव उमेश पराजुली, वरिष्ट उपाध्यक्ष सुनिता भारती उपाध्यक्ष हरिप्रसाद पोखरेल र उपत्यका इन्चार्ज निरज गौतम लगायत ७४३ जनालाई महाअभियानमा स्वागत गरेका छन् ।

चुरेभावरले प्रसाईको महाअभियानले मंसिरदेखि सुरु गर्ने आन्दोलनमा सहयोग गर्ने र हाल प्रसाईले उठाएका एजेन्डा जनताप्रेमी भएका कारण महाअभियानमा जोडिएको चुरेभावरका अध्यक्ष नेउपाउनेले जानकारी दिए । अहिलेको अवस्थामा दुर्गा प्रसाईले उठाएका विषय आफुलाई राम्रो लागेको र जनताले पनि उनको महाअभियानलाई स्वीकारेका कारण महाअभियानमा जोडिएको उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

यस्तै, देश र जनताका लागि सबै मिलेर लडाई लड्नुपर्ने पार्टी एकता कार्यक्रममा प्रसाईले बताएका छन् । अहिले प्रधानमन्त्री केपी ओली जसरी हुन्छ लुटनुपर्छ भन्नेतिर लागेको उनको आरोप छ । मंसिर ७ मा वार की पारका लागि सबै जनता एक ठाँउमा उभिनुपर्ने प्रसाईले आग्रह गरे ।

अहिले हामी देश बचाउनतिर नलागे नेपालमा सुन्दर नै गुम्ने र नेपालीपन नै नरहने प्रसाईले औंल्याएका छन् ।