Close

Recent Posts

मागपत्र प्रमाणिकरणमा पैसा असुल्न चतुर राजदूत क्षेत्रीले जेनजी आन्दोलनपछि रोकिएको भिसा खुलाउन युएईसँग छलफल गर्न सकेनन्

मागपत्र प्रमाणिकरणमा पैसा असुल्न चतुर राजदूत क्षेत्रीले जेनजी आन्दोलनपछि रोकिएको भिसा खुलाउन युएईसँग छलफल गर्न सकेनन्

ओलीको निर्देशनमा प्रसाईको अडियो–भिडियो प्रसारणमा अंकुश लगाउँदै प्रेस काउन्सिल

  • १८ भाद्र २०८१, मंगलवार १६:०५

काठमाडौं–लोकतन्त्रको सबैभन्दा बलियो पक्ष भनेको वाक् स्वतन्त्रता हो । सरकारले अहिले यही वाक् स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिरहेको नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आरोप लगाएका छन् ।

mulpatra

उनका अनुसार केही दिनयता आफनो आवाज जनतासामु पु¥याउने सञ्चारमाध्यम युट्युब च्यानलमाथि प्रेस काउन्सिल नेपालले अंकुश लगाउन थालेको छ । राजतन्त्रमा समेत जनताले राजा र त्यतिबेला व्यवस्थाको विरोध गर्न पाउँथिए । अहिले राजनीतिक दलका छोटे राजाहरुले जनताको सुन्ने र पढ्ने वाक् स्वतन्त्रतामा अंकुश लगाउन थालेको प्रसाईको आरोप छ ।

पछिल्लो समय मैले बोलेको आवाज जनतासामु पु¥याउने युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले प्रसारण नगर्ने दबाब दिइरहेको गुनासो आइरहेको उनले बताए । ‘मैले बोलेको अडियो र भिडियो हाल्ने अनलाइन, युट्युब च्यानल र केही छापामाध्यमलाई प्रेस काउन्सिल प्रसारण नगर्ने पत्राचार गरेको पाइयो । यो लोकतन्त्रमा अन्याय हो । जनताले अब राजनीतिक दलको भर्ती केन्द्र बनेको प्रेस काउन्सिलमाथि प्रश्न गर्न थालेका छन् ।’ उनले भने ।

प्रधानमन्त्री केपी ओलीले मेरो वाक् स्वतन्त्रतामा प्रतिबन्ध लगाउन खोज्दैछन् । यसको ठुलो मुल्य प्रधानमन्त्रीले चुकाउनुपर्ने प्रसाईको चेतवानी छ । हिजो बोल्न पाइने भनेर वाक् स्वतन्त्रताका लागि राजतन्त्रविरुद्ध आन्दोलन गरेका ओलीले अहिले त्यही काम गर्नु कति लाज मर्दो भएको भन्दै प्रसाईले प्रश्न गरेका छन् ।

ओली अहिले सञ्चारमाध्यभन्दा बलियो सामाजिक सञ्जाल भएको थाहा पाएका छैन । कतिमा प्रतिबन्ध लगाउँछन् हेर्दै जाने उनको भनाइ छ ।

यता प्रेस काउन्सिल नेपालका एक कर्मचारीका अनुसार दुर्गा प्रसाईको अडियो र भिडियोमा कडाइ र रोक लगाउन प्रधानमन्त्री केपी ओली ठाडो निर्देशन दिएका छन् । त्यही निर्देशनअनुुार प्रसाईको अडियो–भिडियोमा कडाइ गर्न थालिएको उनले जानकारी दिए ।

प्रसाईका हरेक भिडियो हेर्ने र रोक लगाउन प्रधानमन्त्रीको निर्देशन आएको छ । त्यही भए उनको भिडियो प्रसारण गर्ने सञ्चारमाध्यमाथि निगरानी गरिएको ती कर्मचारी बताउँछन् ।

प्रसाईको भिडियो प्रसारण गरेका केही युट्युब च्यानलको काउन्सिलले साइबर प्रहरीमा पत्राचार समेत गरेको छ ।