Close

Recent Posts

ओलीलगायत नेतालाई कारवाही गरेर एमालेले भ्रष्टाचारी शुद्धीकरण गर्नुपर्छ : प्रसाई

ओलीलगायत नेतालाई कारवाही गरेर एमालेले भ्रष्टाचारी शुद्धीकरण गर्नुपर्छ : प्रसाई
  • १९ भाद्र २०८१, बुधबार १७:०७

काठमाडौं– नेकपा एमालेको पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । कार्ययोजनामा एमाले नेताहरुको आचरण शुद्धीकरणलाई पनि प्राथमिकतामा राखिएको छ । एमालेभित्र भइरहेको आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण, भ्रष्टाचार, मानव तस्करी र अनैतिक कार्यको विषयलाई समेटिएको छ ।

उक्त कार्ययोजनाको विषय एक बर्षअघि मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले उठाएका थिए । एमालेभित्र भएको आर्थिक भ्रष्टाचारको बारेमा प्रसाईले एमाले अध्यक्ष केपी ओलीलाई नै औंल्याएका थिए ।

प्रसाईले एक बर्षअघि नै ओलीले नेपालमा कमाएको कालोधन कम्वोडियामा लगेर लगानी गरेको खुलासा गरेका थिए । उनले ओलीको तस्कर व्यापार र मारवाडीसँग संगतसँगै उनीहरुमार्फत विभिन्न क्षेत्रमा लगानी गरेको आरोप लगाएका थिए । त्यसपछि एमालेका नेता कार्यकर्ता प्रसाईमाथि खनिएका थिए ।

एमालेका महासचिव पोखरेलले उठाएको कार्ययोजनाका विषयमा प्रसाईले एक बर्षअघि नै खुलाइ दिएका थिए । एमालेका कुन–कुन नेता भ्रष्टाचारी र यौनमा लागेका छन् भनेर ।

प्रसाईले एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु पौडेल सचिव योगेश भट्टराई, नेता महेश बस्नेत र अन्य नेताले गरेको असामाजिक गतिविधि सार्वजनिक गरेका थिए ।

आज विहान मात्र प्रसाईले फेसबुकमा आफनो भनाइ पोष्ट गदै एमालेका यी नेतामाथि कारवाही गर्न सुझाव दिएका थिए ।

एमालेभित्र भइरहेको आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण, भ्रष्टाचार, मानव तस्करी र अनैतिक कार्यको विषयलाई प्रसाईले एक बर्षअघि नै सार्वजनिक गरेका थिए । एमाले भन्ने पार्टीभित्र कस्ता नेता छन् । अहिले उनीहरुले थाहा पाउन थालेको प्रसाईले जानकारी दिए । एमालेभित्र पैसाभन्दा बाहेकका केही कुरा हुँदैन् । त्यसमा पनि सबैभन्दा ठुलो भ्रष्ट केपी ओली नै भएको उनको भनाइ छ ।

मैले एक बर्षअघि नै एमालेको भ्रष्टाचारको बारेमा प्रष्ट गरेको थिए । अहिले एमालेका महासचिवले नै त्यही बोलेको उनको भनाइ छ । एमाले अध्यक्ष ओलीनिटक नेता महेश बस्नेतले आफनै कार्यकर्ता शोभा पाठकमाथि यौन हिंसा गरेको उजुरी प्रहरीमा परेको छ । उनलाई ओलीले जोगाउँदै आएका छन् ।
उनी अध्यक्ष ओलीको आडमा गुन्ठागर्दी समेत गदै आएका छन् । गत बर्ष मंसिर ७ मा प्रसाईसँग कार्यक्रम जुधाएका बस्नेतको राजनीतिक नै सकिएको छ ।

कम्युनिष्ट पार्टीमा आवद्ध हुने सदस्यहरुको जीवनशैली, आचरण र व्यवहार महत्वपूर्ण हुनुपर्छ । तर एमालेका नेता यौन हिंसा, महिलामाथि दुरुव्यवहार, बलात्कार, भ्रष्टाचार र पैसा कमाउन मात्र लागेको उनीहरुकै कार्यकर्ताहरुको आरोप छ ।

राजनीतिक दलभित्र कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति प्रोत्साहित बढेको प्रसाईको बुझाइ छ । गत फागुन पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकमा पनि नेताहरुको आचरणको विषय उठेको थियो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले अलगअलग प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यति बेला प्रसाईको पनि एमाले बैंठकमा बहस भएको थियो ।