Close

Recent Posts

एजेन्टबिनै सिधै बीमा गरे ५ प्रतिशत छुट

एजेन्टबिनै सिधै बीमा गरे ५ प्रतिशत छुट
  • २३ भाद्र २०८१, आईतवार १५:४६

काठमाडौं– नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ लाई संशोधन गरेको छ । बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरि उक्त निर्देशिकालाई समयसापेक्ष बनाउन संशोधन गरिएको प्राधिकरणले जनाएको छ ।

mulpatra

संशोधित निर्देशिका अनुसार अब अभिकर्ता प्रयोग नगरी सिँधै कम्पनीमा गई सामुहिक दुर्घटना बीमा गराउँदा ५ प्रतिशत छुट पाइने भएको छ । यसरी सिँधै कम्पनीमा गएर बीमा गराउँदा बीमितले बीमाशुल्कमा पाँच प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

हुलदंगा तथा आतंकवाद जोखिमको बीमाशुल्क बाहेकको बीमाशुल्कमा यस्तो छुट दिने नीति ल्याइएको प्राधिकरणले जनाएको छ । निर्देशिका अनुसार अभिकर्ता कमशिन बराबर वा पाँच प्रतिशत रकम छुट प्रदान गरिने उल्लेख छ।

mulpatra mulpatra mulpatra

निर्देशिका भनिएको छ,‘सामुहिक दुर्घटना बीमा अन्तरगत जारी गरिने बीमालेखमा बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्ष बीमालेख बिक्री गरिएको अवस्थामा हुलदंगा तथा आतंकवाद जोखिमको बीमाशुल्क बाहेक अन्य बीमाशुल्कमा बढीमा अभिकर्ता कमिशन बराबरको रकम वा पाँच प्रतिशत रकम छुट प्रदान गर्न यस दफाले बाधा पर्याएको मानिने छैन ।’

दुर्घटनाको कारण बीमितको औषधी उपचार गर्दा खर्च भएमा बीमकले बीमांक रकम वा एक लाख रुपैयाँ वा बिल भरपाईमा जुन कम हुन्छ, सोहीअनुसार भुक्तानी प्राधिकरणले जनाकएको छ। बीमा कम्पनीले बीमाङ्क रकम भन्दा बढी हुने गरि दावी भुक्तानी भने गर्न पाउने छैनन् ।