Close

Recent Posts

बैंकको गैर–बैंकिङ सम्पत्ति ९३ प्रतिशतले बढ्यो, कुन बैंकको कति ?

बैंकको गैर–बैंकिङ सम्पत्ति ९३ प्रतिशतले बढ्यो, कुन बैंकको कति ?
  • ४ आश्विन २०८१, शुक्रबार १४:०७

काठमाडौं– चालू आर्थिक वर्षको साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको साउन महिनामा मात्र १९ अर्ब ९ करोड रुपैयाँ थियो। यो तुलनात्मक रूपमा ९३.३६ प्रतिशतको वृद्धि भएको छ ।

mulpatra

गत वर्षको यस अवधिमा वाणिज्य बैंकहरूको गैर बैंकिङ सम्पत्ति १५ अर्ब ५१ करोड रहेको थियो जुन यस अवधिमा बढेर ३१ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। विकास बैंकहरूको २ अर्ब ३८ करोडबाट बढेर ३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने फाइनान्स कम्पनीहरूको १ अर्ब १९ करोडबाट बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात पनि सँगसँगै बढेको छ। हाल वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात ३.७६ प्रतिशत, विकास बैंकहरूको ३.६२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ९.८७ प्रतिशत रहेको छ। यस कारण गैर बैंकिङ सम्पत्ति तीव्र रूपमा बढ्दै गएको छ।

mulpatra mulpatra mulpatra

चालू वर्षको साउन महिनासम्म सबैभन्दा बढी गैर बैंकिङ सम्पत्ति एनआईसी एशिया बैंकसँग रहेको छ। जुन ४ अर्ब २९ करोड ९८ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। जसको सम्पत्ति ३ अर्ब १ करोड ६५ लाख रुपैयाँ छ भने सबैभन्दा कम सम्पत्ति हुनेमा सानिमा बैंक रहेको छ जसको ६७ करोड ४० लाख रुपैयाँ रहेको छ।

कुनको कति ?

एनआईसी एशिया बैंकः ४ अर्ब २९ करोड ९८ लाख

Image Source: © https://mulpatra.com

हिमालयन बैंकः २ अर्ब ७३ करोड ४४ लाख

कुमारी बैंकः २ अर्ब ६० करोड ७९ लाख

नबिल बैंकः २ अर्ब ५९ करोड २८ लाख

लक्ष्मी बैंकः १ अर्ब ६१ करोड १६ लाख

प्राइम कमर्सियल बैंकः १ अर्ब ८५ करोड २३ लाख

माछापुच्छ्रे बैंकः १ अर्ब १५ करोड ८० लाख

प्रभु बैंकः १ अर्ब २ करोड १९ लाख

नेपाल एसबिआईः ३४ करोड ६० लाख

एभरेष्ट बैंकः५० करोड ७२ लाख

नेपाल बैंकः २० करोड ५७ लाख

राष्ट्रिय वाणिज्य बैंकः ३० करोड ५५ लाख

सिद्धार्थ बैंकः ७० करोड ३८ लाख

कृषि विकास बैंकः ९४ करोड ८५ लाख

ग्लोबल आईएमई बैंकः ८१ करोड ६९ लाख

सिटिजन्स बैंकः ८१ करोड ६९ लाख

एनएमबी बैंकः ८९ करोड ६४ लाख

सानिमा बैंकः ६७ करोड ४० लाख