राष्ट्रपती निर्वाचन गर्दै श्रीलंका

श्रीलंकामा आज सन २०२२ को आर्थिक र राजनीतिक संकट पछिको पहिलो राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ ।
आर्थिक संकटका कारण उत्पन्न समस्याले तत्कालिन राष्ट्रपति गोताबाया राजापाक्षेले देश छोड्नु परेको र प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजीनामा गरेपछि मात्र आन्दोलन मत्थर भएको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका थिए ।
आज हुन लागेको निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रूपमा हेरिएको छ । करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन् ।
श्रीलंकाको राष्ट्रपतीय निर्वाचन तीन जना उम्मेदवारमा केन्द्रित छ। विपक्षी दलका नेता सजित प्रेमदास, वामपन्थी राष्ट्रिय जनता पार्टी गठबन्धनका कुमार दिसानायके र स्वतन्त्र उम्मेदवारका रुपमा विक्रमासिङ्घे छन् ।
हाल अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनी राजापाक्ष परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् ।
निर्वाचनको मुखमा भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले श्रीलंकालाई ३.८ अर्ब डलर सहयोग दिएको बताएका कारण त्यसले श्रीलंकाको निर्वाचनमा के परिणाम निकाल्छ भन्ने चाहि हेर्न बाँकी छ ।