सरकारले प्रसाईलाई पक्रिएर तागत देखाउँदा, आन्दोलनको आँधीबेरी आउने संकेत
काठमाडौं – आइतबार साइबर प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आइतबार पक्राउ गरिएको हो।”
प्रसाईलाई पक्रिएपछि नेपाली जनतामा आक्रोस सुरु भएको छ । उनका समर्थकले हिजो देखि नै देशव्यापी आन्दोलन र चक्काजाम सुरु गरेका छन । भने पक्राउको विरोधमा उनका समर्थकले झापाका छुट्टा–छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
सोमबारदेखि देशव्यापी आन्दोलन र चक्काजाम सुरु भएको छ । भने अहिलेको अवस्थामा प्रसाईलाई पक्रिएपछि जनतामा एक किसिमको आक्रोस पनि देखिएको छ । प्रसाईलाई मात्र होइन सरकारले उनका समर्थकलाई पनि देशभरबाट पक्राउ गरेको छ । प्रसाईको सचिवालयका अनुुसार देशभरबाट उनका तीन सयभन्दा बढी समर्थक पक्राउ गरिएको छ ।
जनताले निर्दोषलाई पक्रिएर सारा दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप सरकारमाथि लगाइरहेका छन् । अहिले प्रसाईलाई पक्रिएर सरकारले तागत देखाएको नेपाली कांग्रेसका संस्द सुनिल केसीको आरोप छ । सरकारले देशमा नयाँ आयामका लागि लागेका व्यक्तिलाई सामान्य मुद्धामा फसाउन खोजेको प्रष्ट देखियो । सरकारले न्यायिक समाज निर्माण गर्नुपर्ने हो । तर त्यस्तो नदेखिएको उनको भनाइ छ ।
यस्तै, राजनीतिकविज्ञ सुरेन्द्र केसीका अनुसार दुर्गा प्रसाईलाई फसाउन सरकारकै नेतृत्व लागेको देखियो । यसका अर्थ देशमा राजनीतिक पार्टीभन्दा बाहिरका कुनै व्यक्ति आउनु नहुने उनीहरुको मान्यता भएको उनको आरोप छ । दुर्गा प्रसाई पक्राउ गरेर सरकारले गलत गरेको छ । यसका नतिजा जनताले चाँडै देखाउँछन् । आज नहोला, भोली त पक्कै व्यवस्था बदलिन्छ ।’ उनले भने ।
Image Source: © https://mulpatra.com
प्रसाई पक्राउ परेपछि त्यसको विरोधमा दुई दर्जन भन्दा बढी संघसस्थाले आक्रोस व्यक्त गरेका छन् । प्रसाईंलाई तीन दिन थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । अदालतले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।



