अग्रिम टिकट बुकिङ खुला, रुट पर्मिट पनि खुला गरिने
काठमाडौँ । दशैमा काठमाडौं बसोबास गर्नेहरुका लागि उपत्यका बाहिर जाने व्यवस्थाका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात विभाग र व्यवसायिहरु बिच भएको निर्णय अनुसार यहि १२ गते शनिवारबाट अग्रिम टिकट बुकिङ खुलाएको हो ।

मंगलबार सरकार र यातायातसंघ बिच २० बुँदे निर्णय भएसँगै अग्रिम टिकट लिन पाइने भएको एक व्यवसायिले बताएका छन ।
अग्रिम टिकट बुकिङसँगै यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर लागु हुने गरी रुट परमिट खुला गरिने भएको छ ।
