Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

प्रथम झापा १–काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने

प्रथम झापा १–काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने
  • ९ आश्विन २०८१, बुधबार २२:१८

काठमाडौं । काठमाडौंको डिएभी स्कुल जावलाखेल, ललितपुरमा प्रथम झापा १–काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने भएको छ । तीस बर्ष मुनिका खेलाडी रहने उक्त फुटसल प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन ।

mulpatra


उक्त अवसरमा झापा १ का राजनैतिक दल र कलाकार साथै पेशा व्यवसायी र कर्मचारी, झापा क्षेत्र नं. १ क र ख का महिलाहरु बीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । खासगरि झापाबाट काठमाडौं आइ बसोबास गर्ने, व्यापार व्यवसायी गर्ने र विद्यार्थीहरुलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ ।


यहि असोज १२ गते शनिवार सन्चालन हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नं. १ का ७ वटा टिम बिच प्रतिस्पर्धा हुने भएको छ । जसमा शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडी बीच प्रतिस्पर्धा हुने भएको छ ।

mulpatra mulpatra mulpatra


प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्थाका प्रमुख प्रज्वल कोइरालाले जानकारी दिनुभयो ।
प्रतियोगिता झापा १ संघीय सांसद सचिवालय र नेपाली कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा आयोजना गरेको हो ।