Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

अरु काम छाडेर प्रधानमन्त्री ओलीले अमेरिकाबाटै प्रसाईसँग इगो साँध्दै

अरु काम छाडेर प्रधानमन्त्री ओलीले अमेरिकाबाटै प्रसाईसँग इगो साँध्दै
  • ११ आश्विन २०८१, शुक्रबार १५:५८

काठमाडौँ– साईबर अपराधको कसुरमा पक्राउ परेका नागरिक बचाउका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालमा उपचारत छन् ।
पक्राउ परेकै दिन प्रसाईँको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।

mulpatra

प्रसाईँलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखा परेको थियो । प्रसाईँलाई बिरामी भएपनि प्रधानमन्त्री केपी ओलीको निर्देशकमा एक प्रहरी बृत्त सिंहदरबारमा राखिएको थियो ।

हाल अमेरिका भ्रमणमा रहेका ओलीले अरु सबै काम छाडेर प्रसाईलाई फसाउनतिर लागेका छन् । ओलीसँगै उनको सचिवालय र युवा संघका केही कार्यकर्ता समेत प्रसाईलाई जसरी हुन्छ थुनाउन लागि परेको प्रहरी स्रोतकै दाबी छ ।
प्रहरीका एक उच्च अधिकारीका अनुुसार प्रसाईलाई सामान्य मुद्धामा यति दुख दिनुपने आवश्यकता छैन । यसमा अहिले माथिका दबाब बढी छ । जसका कारण प्रसाईलाई यति दुख दिएको उनको दाबी छ ।

एमाले पार्टी अध्यक्ष ओलीले प्रसाईसँग व्यक्तिगत इगोका कारण पनि उनलाई दुख दिएको प्रहरी नै बताउँछन् । यस विषयमा सबै जानकार छन् ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए । तर त्यो भन्दा फरक विषयमा एमालेको पार्टी कार्यालय र युवा संघले उजुरी दिएको साइबर प्रहरीका अधिकारीहरु नै बताउँछन् ।

युवा संघका एक जना नेता रोशन घिमिरे नाम गरेका व्यक्तिले पनि प्रसाईविरुद्ध उजुरी दिएका छन् । जसका विषयमा प्रसाईलाई केही थाहा छैन ।

जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । तर यो त वाहाना मात्र भएको पाइएको छ । प्रसाईलाई फसाउन एमाले अध्यक्ष ओली अमेरिकामा बसेर अनेक चलखेल गरिरहेको प्रसाईका समर्थकको आरोप छ ।