काठमाडौं, भक्तपुर ललितपुरमा बाढीमा परि सोह् जनाको मृत्यु एघार भन्दा बढी वेपत्ता

काठमाडौं, भक्तपुर ललितपुरमा बाढीमा परि सोह् जनाको मृत्यु एघार भन्दा बढी वेपत्ता
  • १२ आश्विन २०८१, शनिबार १२:२९

काठमाडौँ । बिहिबार देखि लगातार परेको पानीले काठमाडौ उपत्यकाको जनजीवन प्रभावित बनेको छ । सबै नदीहरुमा जलस्तर खतराको तहभन्दा माथि रहेको छ ।


उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा गरि सोह्् भन्दा बढीको ज्यान गइसकेको र एघार भन्दा बढी वेपत्ता भएको प्रहरीले जनाएको छ ।


भक्तपुरको धेरै क्षेत्र डुबानमा परेको छ । जिल्ला विपद कार्यालयका अनुसार हाल सम्म पाँच जना बाढीमा बेपत्ता भएका छन । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वेपत्ता हुनेमा ठिमीका चार जना र आशापुरीका एकजना रहेका छन । ठिमीमा पहिरो खस्दा वेपत्ता भएका हुने भने आशापुरीमा बाढीमा परेपछि हराएका छन । उनीहरुको नाम ठेगाना खुल्न भने बाँकी छ


यत्ता काठमाडौंमा एक जना सडक किनाराको ढलमा परेर हराएका छन । उनी शुक्रबार साँझ नै ढलमा परेका थिए । उनको खोजी कार्यपनि जारी रहेको प्रहरीले जनाएको छ । काठमाडौंको नागार्जुन नगरपालिका ३ इचंगुनारायणमा अविरल बर्षाले घर भत्कँदा एक पुरुषको मृत्यु भएको र अन्य दुई घाइते भएको नगरप्रहरीले जनाएको छ ।


ललितपुर जिल्लामा अविरल वर्षापछि विभिन्न नदीहरूमा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको छ । अरू ११ जना बेपत्ता रहेका छन् । अझै उद्धार कार्य र खोजी कार्य जारी रहेको प्र्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।
उपत्यकामा अत्यावश्क काम बाहेक बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।