बाढीपहिरोमा परी हालसम्म एक सय ९३ जनाको मृत्यु
काठमाडौं । दशैंको मुखमा तीन दिन देखि लगातार परेको मुसलधारे पानीका कारण आएको बाढीपहिरोमा परी हालसम्म एक सय ९३ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयका अनुसार हालसम्म ३१ जना वेपत्ता रहेका छन । उनीहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।
विपत्तिमा परेर एक सय ९४ जना घाइते भएको, बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब ४ हजार ५ सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
उद्धारका क्रममा एकसय भन्दा बढी सुरक्षा निकायका सदस्यहरु समेत घाइते भएको प्रहरीले जनाएको छ ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।
