धितोपत्र बोर्डमा ओली र अर्थमन्त्री विष्णु पौडेल आमने–सामने
काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेल आमने–सामने भएका छन् । प्रधानमन्त्री केपी ओलीले अमेरिका उड्नु अघि अर्थमन्त्री विष्णु पौडेल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र मुख्य सल्लाहकार विष्णु रिमालसहितलाई राखेर धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती सम्बन्धी अहिलेको प्रक्रिया रद्ध गरि नयाँ प्रक्रिया आरम्भ गर्ने बाटो खोल्न भनेका थिए ।

ओलीले अहिलेको प्रक्रियामा पाँच अर्ब कमिसनको खेलको विषयमा अख्तियारमा उजुरी परेको, माओवादी अध्यक्ष प्रचण्ड र वर्षमान पुनले धितोपत्र बोर्डमा अध्यक्ष बनाउने विषयमै कुरा नमिलेपछि आफ्नो सरकार ढालिएको जस्ता आरोप लगाएकाले अब नयाँ प्रक्रियामा जानुपर्ने निष्कर्षमा आफू पुगेको बताएका थिए । ‘प्रधानमन्त्रीज्यूले अहिलेको प्रक्रियाबारे अदालतको अन्तरिम आदेश रहेछ, त्यो प्रभावित नहुने गरि नयाँ प्रक्रियामा जाने उपाय तयार पार्नु होला, म फर्केपछि नयाँ सूचना निकाल्नुपर्छ ।’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै स्रोतले भन्यो ।
नयाँ प्रक्रियाको विकल्पमा जानुपर्छ भनेर प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि अर्थमन्त्री विष्णु पौडेल भने तनावमा देखिए । प्रधानमन्त्रीले विष्णु रिमाल र डा. युवराज खतिवडासँगै राखेर आफूलाई नयाँ प्रक्रियामा जान निर्देशन दिएपछि अर्थमन्त्रीले त्यसलाई हस्तक्षेपका रुपमा बुझेको स्रोत बताउँछ । ‘प्रधानमन्त्रीको त्यो निर्देशनलाई अर्थमन्त्रीले हस्तक्षेपका रुपमा बुझ्नु भएछ, उहाँले आफू निकटस्थहरुलाई अब बिद्रोह गर्छु भन्नु भएको रहेछ ।’, स्रोतले भन्यो ।
![]() |
![]() |
![]() |
|---|
ओली अमेरिका उडेपछि आफू निकटस्थ केहि नेताहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले ‘मलाई घेराबन्दीमा पारियो, असाध्यै हस्तक्षेप गरिँदैछ, पद त आउँछ जान्छ नि । अब म बिद्रोह गर्छु’ भनेको पनि उनी निकट स्रोतहरु बताउँछन् ।
नभन्दै मन्त्री पौडेलले चीन उड्नु अघि योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र अर्थ सचिव डा. राम प्रसाद घिमिरेलाई बोलाएर धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तीका लागि अन्तरवार्ता डाक्न लगाए ।
असोज ७ गते अर्थमन्त्री पौडेल चीन उडे भने छनौट समितिले असोज १० गते अन्तरवार्ताका लागि सूचना निकाल्यो । उल्लेख्य विषय त यो छ की योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी पाल्पाली हुन् भने अर्थ सचिव डा. घिमिरे गुल्मेली हुन् । यी दुबैलाई ती जिम्मेवारीमा ल्याउन अर्थमन्त्री विष्णु पौडेलकै जोडवल थियो । पौडेलले लगानी बोर्डका सीईओ समेत आफू निकटका सुशिल ज्ञवालीलाई नियुक्त गरिसकेका छन् ।
Image Source: © https://mulpatra.com



