Close

Recent Posts

सार्वजनिक बिदामा पनि यी बैंकहरुले दिँदैछन् बैंकिङ सेवा

सार्वजनिक बिदामा पनि यी बैंकहरुले दिँदैछन् बैंकिङ सेवा
  • १७ आश्विन २०८१, बिहीबार १०:३६

काठमाडौं– आज घटस्थापना । यस दिन सरकारले सार्वजनिक बिदा दिएको छ । बीमा, सेयर बजार बन्द रहेपनि केही बैंक तथा वित्तीय संस्थाले भने आज ग्राहकलाई सेवा दिने भएका छन् । विभिन्न बैंकहरूले सूचना जारी गर्दै सेवा दिने जानकारी गराएका छन् ।

mulpatra

सेवा दिने बैंकहरूमा नेपाल बैंक लिमिटेड,लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कामना सेवा विकास बैंक, सांग्रिला बैंक रहेका छन् । त्यस्तै, एनएमबि बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंकले पनि आज सेवा प्रदान गर्नेछन् । देशका मुख्य शहरका शाखाा नोट सटहीको सुविधा रहेको बैंकहरुले जनाएका छन् ।