दसैँ मनाउन घर फकिर्दैै हुनुहुन्छ, धेरै सामान बोकेर आउँदा जफत होला ?
काठमाडौँ– दसैं लागेको छ। दशैंमा मनाउन वैदेशिक रोजगारीमा कार्यरत र विदेशमा बसोबास गर्दै आएका नेपाली फर्किन थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातायता स्वदेश फर्किने नेपालीको चाप निकै बढेको छ ।

वैदेशिक रोजगारी र विदेशमा बसोबास गर्दै आएका नेपाली दशैँमा खाली हात स्वदेश फर्किदैनन्। आफ्ना परिवार, आफन्त तथा साथीभाइलाई स्वदेश फर्किने नेपालीले हातमा उपहार लिएर आउँछन् ।
वैदेशिक रोजगारी र विदेशमा बसोबास गर्दैै आएका नेपाली स्वदेश फर्किदा कति सामान ल्याउन पाउने भनेर अर्थ मन्त्रालयको निजी गुन्टा, झिटी, भारीसम्बन्धी व्यवस्था गरेको छ ।
विदेशबाट फर्किएका नेपालीले केही समान भन्सार छुट ल्याउन पाउँछन्। कतिपय सामान लिएर आउँदा अनिवार्य भन्सार तिर्नुपर्छ । अर्थ मन्त्रालयको निजी गुन्टा, झिटी, भारीसम्बन्धी व्यवस्थामा तोकिएभन्दा बढी सामान बोकेर आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय जफत समेत गर्दै आएको छ ।
![]() |
![]() |
![]() |
|---|
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरिएको छ ।
यी सामानको भन्सार लाग्दैन?
ट्याब्लेट वा ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेन ड्राइभ एक–एक थान लिएर फर्किदा भन्सार लाग्दैन ।
एक जना प्रयोग गरेको बाहेक दुई सेट मोबाइल फोनको पनि भन्सार लाग्दैन्। तर फोन लिएर आउँदा आइएमइआइ नम्बर भने अनिवार्य दर्ता गर्नुपर्छ ।
औषधी, उपचार गराई फर्केका बिरामीले ल्याएका औषधिको पनि भन्सार लाग्दैन् ।
शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैसाखी र
लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान।
सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५ सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरियाको पनि भान्सर लाग्दैन।
सात किलोग्रामसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्मको एक बोतल
पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थान। (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप। खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट।
गवैयाको सामान्य बाजा– जस्तैः गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थानको पनि भन्सार लाग्दैन्।
श्रम भिसामा गएको र ६ महिना भन्दा धेरै समय बसेर फर्किएकाले ३२ इन्च सम्मको टेलिभिजनमा भन्सार लाग्दैन। तर अन्य भिसामा विदेश गएर नेपाल आउदा भने भन्सार तिर्नुपर्छ। यदि ३२ इन्च भन्दा माथीका टेलिभिजन ल्याएमा १ इन्चमा करिब १२ देखि १३ सय रुपैयाँ भन्सार लाग्छ।
Image Source: © https://mulpatra.com
भन्सार तिर्नुपर्ने सामान
घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल,
इस्त्री, राइस कुकरजस्ता) दुई–दुई थान।
व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियरजस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई–दुई थान।
दश किलोसम्म खाद्य परिकार।
शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा पन्ध्र थान।
टेलिभिजन, म्यूजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा, रेडियो, एक–एक सेट।
नितान्त घरव्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई–दुई थान।
विदेशबाट फर्किएका यात्रुहरुले ल्याउने काँचो सुनका सम्बन्धमा सरकारले नयाँ व्यवस्था गरेको छ। ५० ग्रामसम्म सुन ल्याउँदा प्रति १० ग्रामको पाँच हजार २ सय रुपैयाँ, थप पचास ग्राममा प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ भन्सार शुल्क तिर्नुर्छ।
चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा पनि ४० प्रतिशत भन्सार तिर्नुपर्छ। पछिल्लो समय चुरोट ल्याउन पाइने व्यवस्था खारेज गर्ने पनि सरकारले तयारी थालेको छ।
पैसाका हकमा
छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा २५ हजार रुपैयाँसम्म साथमा लिएर फर्किन पाउँछन्।
एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा एक लाख पच्चीस हजार रुपैयाँसम्म
देशअनुुसार आफनो साथमा सम्बन्धीत देशको दुई हजार पैसा समेत बोकेर फर्किन पाँउछन्।
अर्थ मन्त्रालयको निजी गुन्टा, झिटी, भारीमा तोकिएभन्दा बढी सामान बोकेर आए भन्सार कार्यालयले समान जफत गर्दै आएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भटट्राईका अनुसार सरकारले स्वदेश फर्किने कामदारका हकमा सूचना नै जारी गरेर यति सामान लिएर फर्किन पाइन्छ भनेर जानकारी गराइरहेको छ। त्यही भएर विदेशबाट फर्किदा टिकट र सरकारले तोकेभन्दा बढी सामान लिएर नफर्किन सम्बन्धीत पक्षलाई सूचित गराउने गरेको उनले बताए। ‘सरकारले तोकेभन्दा बढी सामान लिएर आउने कतिपय यात्रुको सामान जफत भएको छ। कतिपय भन्सार तिरेर लैजान्छ। कतिपय सामान जफत हुन्छ। यसको तथ्यांक छैन।’
वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुले वार्षिक दुई खर्बभन्दा बढीको सामान लिएर फर्किने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आप्रवासनसम्बन्धी अध्ययनमा उल्लेख छ। वैदेशिक रोजगारीबाट फर्किने कामदारले कम्तिमा दुई थान स्मार्टफोन, टिभी, इलोकट्रनिक सामान र लत्ताकपडा लिएर फर्किने गरेका छन्। वैदेशिक रोजगारीबाट फर्किएका कामदारले साथमा कम्तिमा देशअनुसार ५० हजारदेखि तीन लाखसम्म नगद बोकेर फर्किएको गरेको श्रम मन्त्रालयको अध्ययनमा भनिएको छ।
दशैं–तिहारमा वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्दै आएका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए। उनका अनुसार यसरी फर्किएका युवा हातमा कम्तिमा चार–पाँच किसिमका समया चिनोको रुपमा लिएर स्वदेश फर्किने गरेका छन्। ‘वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँग धेरै सामान र पैसा पनि भित्रिने गरेको छ। यसका यकिन तथ्यांक छैन। दशैंतिहारमा सात–आठ लाख नेपाली स्वदेश फर्किन्छन्।’ उनले भने।
बैदेशिक रोजगार विभागको तथ्यांकमा भारतबाहेक ५० लाखको हाराहारीमा युवाहरु विश्वका बिभिन्न देशमा कार्यरत छन्। चाडपर्व लक्षित २० लाखभन्दा नेपाली स्वदेश फर्किने गरेको विभागको अनुमान छ।



