प्रसाईको बदनामी गराउन घुसपैठ समुहले ट्रकमा आगजनी गरे, घाइते डाइभरको मृत्यु

प्रसाईको बदनामी गराउन घुसपैठ समुहले ट्रकमा आगजनी गरे, घाइते डाइभरको मृत्यु
  • २१ आश्विन २०८१, सोमबार १५:४२

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउको विरोधको क्रममा समर्थकले ट्रकमा आगो लगाएको हल्ला चलाइयो । तर प्रसाईका समर्थक ती ट्रकमा आगो नलगाएको नागरिक बचाउ महाअभियानले एक साता अघि नै विज्ञप्ती निकालेर जानकारी गराएको थियो ।

mulpatra

गत ७ गते बिहान २ः५० बजे बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेट नजिक दुहबीबाट जुट पु¥याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा आगो लगाएर भागेका थिए । तर यी प्रसाईका समर्थक नभएको महाअभियानले जनाएको छ ।

ट्रकमा आगो लगाउने घुसपैठ समूह रहेको विज्ञप्तीमा भनिएको छ । आफ्ना समर्थकले ट्रकमा आगजनी नगरेको पनि विज्ञप्तीमा पनि भनिएको छ ।

mulpatra mulpatra mulpatra

आगलागीबाट घाइते ट्रक चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा रायको उपचारका क्रममा मृत्यु भएको हो । घाइते उनलाई सुरूमा प्रसाईँकै बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य थप जटिल बनेपछि उनलाई थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज पठाइएको थियो ।

पदा रायको गएराति मृत्यु भएको हो । रायको मृत्यु भएपछि उनका आफन्तहरुले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकासमेत अवरोध गरेका थिए । तर उनीले चलाएको ट्रकमा घुसपैठ समूहले आगो लगाएको प्रसाई नेतृत्वको महाअभियान असोज ८ गते नै विज्ञप्ती जारी गरेको थियो ।

प्रसाईले जारी गरेको विज्ञप्तीमा आफु हिरासतमा रहेको बेला शन्तिपुर्ण आन्दोलनमा घुसपैठ समुहले ट्रकमा आगो लगाए । त्यही घटनाका कारण एक जनाको ज्यान गए छ । यो दुखद् घटना भएको महाअभियानले जारी गरेको विज्ञप्तीमा भनिएको थियो ।

Image Source: © https://mulpatra.com

आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । झापाका सीडीओ बन्धुप्रसाद बाँस्तोलाले अब उनीहरूलाई ज्यान मुद्दा चलाइने बताए । आगजनी गर्नेहबाट क्षतिपूर्ती भराउने तयारी पनि भइरहेको उनले जानकारी दिए ।

तर यस विषयमा छानबिन हुनुपर्ने महाअभियानका माग छ । हिरासतमा रहेका कारण यस विषयमा आफुलाई जानकारी नभएको प्रसाईले बताएका छन् । महाअभियानका समर्थकले त्यस्तो काम नगर्ने उनको भनाइ छ ।