Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

हिमालयन इङलिस् एकाडेमी को बाल क्लवले गर्यो बाढी पिडीतलाई सहयोग

हिमालयन इङलिस् एकाडेमी को बाल क्लवले गर्यो बाढी पिडीतलाई सहयोग
  • २२ आश्विन २०८१, मंगलवार २०:३२

झापाः झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा अवस्थित हिमालयन इङ्लिस एकाडेमी मा.वि.को बाल क्लवले बाढी पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि रु. ५० हजार सहयोग गरेको छ ।

mulpatra


गत शुक्रबार र शनिवार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको थियो उक्त बाढी पहिरोमा परि २५३ भन्दा बढीको ज्यान गएको थियो भने कैंयौ घरबार बिहीन भएका थिए । सो बाढी पहिरोमा परि आफन्त गुमाएका र प्रभावित भएका परिवारलाई हिमालयन इङलिस् एकाडेमी मा.वि.को मातहतमा गठित ‘हिमालयन बाल क्लब’ ले उक्त रकम सहयोग गरेको हो ।


आज मेचिनगर नगरपालिका मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरिएको विद्यालयका प्रिन्सीपल जगतबहादुर तामाङले जानकारी दिएका छन । प्रिन्सीपल जगतबहादुर तामाङको उपस्थितीमा बाल क्लवका विद्यार्थी साथीहरुले मेचीनगर नगरपालिकाका कार्यकारी प्रमुखलाई चेक हस्तान्तरण गरेका हुन ।


उक्त विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासका लागि गठन गरेको बाल क्लवले आफ्नो खाजा खर्चबाट जोगाएर उक्त रकम संकलन गरेको जनाएको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनालाई विकास गर्न बाल क्लवले उक्त रकम पीडित परिवारसम्म पुगोस भनेर सहयोग गरेको बाल क्लवका अध्यक्ष ग्रेस पौडेलले बताए ।