Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

लेबनानमा शान्ति सेना पठाउने ३४ देशले गरे आक्रमणको विरोध

लेबनानमा शान्ति सेना पठाउने ३४ देशले गरे आक्रमणको विरोध
  • २९ आश्विन २०८१, मंगलवार १३:३२

काठमाडौं –संयुक्त राष्ट्रसंघको लेबनानस्थित मिसन (यूनिफिल) मा खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालले कडा शब्दामा निन्दा गरेको छ ।

mulpatra

“नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएको आक्रमणको कडा शब्दामा निन्दा गर्दछ,” परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, “द्वन्द्वरत पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ ।”

परराष्ट्र मन्त्रालयले यस्ता कार्य तुरुन्त रोकिनु पर्ने र उचित छानबिनको माग गरेको छ । यस्तै, लेबनानमा शान्ति सैनिक पठाउने नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति जारी गर्दै त्यहाँ शान्ति सैनिकमाथि भएको आक्रमणको विरोध गरेका छन् ।

mulpatra mulpatra mulpatra

संयुक्त विज्ञप्ति जारी गर्ने देशमा नेपाल, आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्यान्ड, इटाली, काजाकिस्तान, दक्षिण कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरा लियोन, स्पेन, श्रीलंका, टर्किए, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जानिया छन् ।

विज्ञप्तिमा उनीहरूले शान्ति मिसनलाई पूर्णसमर्थन गर्ने र यसको उद्देश्य दक्षिण लेबनान र मध्य पूर्वमा स्थायित्व र दिगो शान्ति ल्याउनु रहेको जनाएका छन् ।

मध्यपूर्वमा पछिल्लो अवस्थामा झन् शान्ति मिसनको भूमिको विशेष महत्वपूर्ण हुने उनीहरूले बताएका छन् । “हामी यूनिफिल शान्ति सैनिकमाथि हालै भएका आक्रमणहरूको कडा निन्दा गर्छौं । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

Image Source: © https://mulpatra.com

विज्ञप्तिमा ३४ देशले द्वन्द्वरत पक्षहरूलाई यूनिफिलको उपस्थितिको सम्मान गर्न आग्रह गरेका छन् । “हामी अन्तर्राष्ट्रिय कानुन, विशेषगरी संयुक्त राष्ट्रसंघको बडापत्र र सुरक्षा परिषद्का सान्दर्भिक प्रस्तावहरूको सम्मान गर्न आह्वान गर्छौं,” विज्ञप्तिमा उल्लेख छ ।