ओलीले रविलाई पक्राउ गर्ने संकेत हिजो नै प्रचण्डसँग गरेका थिए
काठमाडौं–सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी गर्ने चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको हेडक्वार्टरमा सरगर्मी बढेको छ । रास्वपाका नेता कार्यकर्ताहरु कार्यालयमा भेला हुन थालेका छन् ।

जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरुको छ । पक्राउ पूर्जी जारी भएमा कसरी सामना गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए । काठमाडौंदेखि पोखरासम्म नै प्रदर्शन गर्ने तयारी गरिएको छ ।
रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अन्त्य जरुरी सूचना भन्दै फेसबुकमा पोस्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘काठमाडौंमा हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा रहनुहोला ।’
![]() |
![]() |
![]() |
|---|
ती नेताका अनुसार रविलाई पक्राउ पूर्जी लिएर प्रहरी आए भने उनी जान तयार हुनेछन् । तर, काठमाडौंदेखि पोखरासम्मै कार्यकर्ता उतार्ने तयारी गरिएको छ । रवि सकेसम्म हवाइ मार्गभन्दा स्थलमार्गबाट पोखरा जान रणनीतिमा छन् । यद्यपि, आजै रविविरुद्ध पक्राउ पूर्जी जारी हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसीको छनोट समिति बनाउने विषयमा छलफल गर्न हिजो बोलाएको बैठकमा गृहमन्त्री रवि लामिछानेको प्रसंग निस्कियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषय कोट्याएका थिए । प्रचण्डको प्रश्नमा ओलीले रविलाई पक्रिने संकेत गरेको बालुवाटार स्रोत बताएको छ ।



