आन्दोलनका लागि हरेक जिल्ला सय जना पोखरा आउने राश्वपाको उर्दी

आन्दोलनका लागि हरेक जिल्ला सय जना पोखरा आउने राश्वपाको उर्दी
  • ४ कार्तिक २०८१, आईतवार ११:३०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ ।

mulpatra

सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको छ । केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको छ ।

मध्यरातमा प्रसारित सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।’

mulpatra mulpatra mulpatra

कार्यकर्तालाई पठाइएको सन्देशमा त्यसैले सक्दो छिटो पोखरा ‘मुभ’ हुन आग्रह गरिएको छ ।