दुर्गा प्रसाई भोली पोखरा जाँदै, नजरबन्दमा राख्ने सरकारको तयारी

दुर्गा प्रसाई भोली पोखरा जाँदै, नजरबन्दमा राख्ने सरकारको तयारी
  • ४ कार्तिक २०८१, आईतवार १३:५८

काठमाडौं–नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई कात्र्तिक ५ गते (भोली) पोखरा जाँदैछन् ।

mulpatra

प्रसाई विषेश कार्यक्रमले पोखरा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । प्रसाई पोखरा जाने भएपछि सरकारले उनलाई झापामै नजरबन्दमा राख्ने तयारी गरिरहेको पाइएको छ ।

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । प्रसाई पोखरा जाने भएपछि राश्वपाको प्रदर्शनलाई समर्थन गर्छन् भन्ने विषयलाई लिएर सरकारले उनलाई नजरबन्दमा राख्ने तयारी गरिरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

mulpatra mulpatra mulpatra

स्रोतका अनुसार प्रसाई नजरबन्दमा राख्न प्रधानमन्त्री केपी ओलीनै गृह प्रशासन र झापा जिल्ला प्रशासनसँग छलफल गरेका छ । यस विषयमा गृह मन्त्रालयले अहिलेसम्म निर्णय नगरेको र बालुवाटारले समेत परिस्थीति हेरेर प्रसाईलाई नजरबन्दमा राख्ने तयारी गरिरहेको पाइएको छ ।

प्रसाईले भने राश्वपाको आन्दोलनलाई समर्थन गर्ने विषयमा अहिलेसम्म केही बोलेका छैन ।