सत्ताको दुरुपयोग गरि प्रसाईलाई दुख दिने ओलीको खराब नियत

सत्ताको दुरुपयोग गरि प्रसाईलाई दुख दिने ओलीको खराब नियत
  • ५ कार्तिक २०८१, सोमबार १६:१०

काठमाडौं– केपी ओली प्रधानमन्त्री भएपछि सबैभन्दा बढी व्यत्तिगत रिसिवी नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि साँधेका छन् । उनले सरकारको नेतृत्व सम्हालेपछि प्रसाईलाई कानुनी झमेला सिर्जना गरी दुख दिने प्रष्ट व्यवहार देखाएका छन् ।

mulpatra

गृह मन्त्रालय स्रोतका अनुसार गत असोजमा ओलीकै निर्देशनमा प्रसाईलाई साइबर प्रहरीले पक्रिएको थियो । त्यतिबेला पनि सामान्य मुद्धामा प्रसाईलाई प्रहरीले दुख दिनु परेको प्रहरी नै नै बताउँछन् ।

दुई साताअघि सामाजिक सञ्जालमा मनपरी बोल्दै हिड्ने पुन्य गौतममाथि दुई जनाले आक्रमण गरेर । गौतमलाई व्यक्तिगत रिसिवीका कारण आक्रमण भएको थियो । तर यस विषयमा जबरजस्ती दुर्गा प्रसाईलाई जोडेर फसाउन एमाले लागि परेका छन् ।

mulpatra mulpatra mulpatra

गौतमलाई असोज २१ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका वेशीगाउँमा राति करिब सवा नौ बजे आक्रमण भएको थियो । उनलाई टासी लामा भन्ने सञ्जीव तामाङ र मिलन भन्ने दिलबहादुर गङ्दानले आक्रमण गरेका थिए ।

यस आक्रमणसँग प्रसाईको कत्तैबाट संलग्न छैन । तर प्रधानमन्त्री ओलीको दबाबमा पक्राउ परेका दुई जनालाई प्रहरीले यातना दिइरहेको छ । उनीहरुलाई जसरी हुन्छ दुर्गा प्रसाईको निर्देशनमा गौतमलाई आक्रमण गरेर भन्न लगाउने पक्षमा प्रहरी छ ।

पक्राउ परेका व्यक्तिले गौतमलाई व्यक्तिगत इगोमा आक्रमण गरेको प्रहरीसँग दिएको बयानमा स्वीकारेका छन् । तर एमालेको निर्देशनमा प्रहरीले उनीहरुलाई दुख दिन काम गरिरहेका छन् । भने घाइते हुनेगरी कुटपीट समेत भएको पीडितका परिवारले जनाएका छन् ।
गत बर्ष मंसिर ७ गते काठमाडौंमा युवा संघले प्रसाईसँग कार्यक्रम जुधाएको थियो । तर युवा संघभन्दा प्रसाईको कार्यक्रममा जनताको सहभागिता बढी र चर्चा भएपछि ओली प्रसाईसँग बिच्किएका छन् ।

Image Source: © https://mulpatra.com

त्यसपछि ओलीलाई आफनै गृहजिल्ला झापामा कार्यक्रम गर्न समस्या भइरहेको छ । त्यसमा गत बर्ष नै प्रसाईले दमकमा गरेको कार्यक्रममा १० हजारभन्दा बढी सर्वसाधारण भेला भएका थिए ।

त्यसपछि उनले प्रसाईलाई पक्राउ गर्न तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई दबाब दिदै आएका थिए । तर प्रचण्डले भने वास्ता गरेन ।

आफु प्रधानमन्त्री भएपछि काठमाडौं महानगरका प्रमुख बालेन शाह र दुर्गा प्रसाईलाई जसरी हुन्छ, फसाउने पक्षमा ओली छन् । तर अहिले उनी अनुकुल समय नभएपछि नचाहिँदो मुद्धा लगाएर प्रसाईलाई दुख दिन ओली लागि परेको बालुवाटार स्रोतले जनाएको छ ।

एक बर्षयता प्रसाईले गदै आएको देशव्यापी कार्यक्रममा जनताको ठुलो सहभागिता देखेपछि सबैभन्दा ठुलो चुनौती एमालेले देखेको छ । त्यसपछि ओलीले प्रसाईलाई फसाउन कानुनी झमेला सिर्जना गर्ने योजना बनाइरहेका छन् ।

प्रसाईका समर्थकहरु अहिलेको सरकारसँग आक्रोस छन् । उनीहरु ओली सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने माग प्रसाईसँग गरिरहेका छन् । पछिल्लो भाटभोटेनीका सञ्चालक मिनबहादुरसँग जग्गा दान लिएपछि एमाले विवादमा तानिएको छ । भने ओलीमाथि जनताले नैतिक प्रश्न समेत उठाउन थालेका छन् ।