अदालतको आदेश अटेर गर्दै वडाध्यक्ष फागो आज पनि कावा मेयरकै कुर्सीमा
काठमाडौं– वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले दिएको आदेशलाई वडाध्यक्ष लोकेन्द्रकुमार फागोले अटेर गरेका छन् । उनले सोमबार पनि कावाकै रूपमा कामकाम गरे ।

उनले मेयरको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी निभाइरहेका छन् । फागोले अदालतबाट आएको पत्रसमेत बुझ्न नमानेको बताइएको छ । उनले आज पनि कार्यवाहकको हैसियतमा दुई वटा फाइल अघि बढाए । फागोले भने अदालतबाट पत्र नआएको जिकिर गरे । उनले भने, ‘अहिलेसम्म मैले पत्र पाएको छैन, पत्र आएपछि म जिम्मेवारी पनि छाड्छु ।’
उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएका थिए । आफू हुँदाहुँदै बाइपास गरेर वडाध्यक्षलाई कावा दिए साम्पाङ बेलायत उडेपछि उपमेयर आइन्द्रविक्रम बेघा कात्तिक ४ गते अदालत पुगेका थिए । मुद्दाको अर्को सुनुवाइ भोलि रहेको छ । कावा दिइएका वडाध्यक्ष फागो साम्पाङका मामा ससुरासमेत हुन् ।
![]() |
![]() |
![]() |
|---|



