Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

अर्को बर्षदेखि स्नातक तहका सबै विषयमा दुई भाषाको प्रश्नपत्र

अर्को बर्षदेखि स्नातक तहका सबै विषयमा दुई भाषाको प्रश्नपत्र
  • ५ कार्तिक २०८१, सोमबार १९:१०

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका सबै विषयमा दुई भाषाको प्रश्नपत्र निर्माण गर्ने भएको छ ।

mulpatra


शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आज सामाजिक सन्जाल फेसबुक मार्फत उक्त कुराको जानकारी दिएकी छिन् ।


त्रिवि प्राज्ञिक परिषदले जनाए अनुसार सबै सङ्कायहरूका स्नातक तहका प्रश्नपत्रहरू अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गरिने भएको हो ।

mulpatra mulpatra mulpatra


यो नयाँ व्यवस्था पहिलो वर्षको परीक्षा, विशेषगरी शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन, र कानुन सङ्कायमा लागु हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

यो नियम दोस्रो, तेस्रो र चौथो वर्षमा पनि विस्तार गरिने जनाइएको छ।

Image Source: © https://mulpatra.com