Close

Recent Posts

सुनको मुल्य १ लाख ६५ हजार ९ सय पुग्यो

सुनको मुल्य १ लाख ६५ हजार ९ सय पुग्यो
  • ७ कार्तिक २०८१, बुधबार १०:५५

काठमाडौं–सुनको मूल्यमा आज पनि कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ ।

mulpatra

यससँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४२ हजार ९२० रुपैयाँ कायम भएको छ । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा २ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

mulpatra mulpatra mulpatra