Close

Recent Posts

सय दिनमा भौतिक मन्त्रालयले लिएका १० मध्ये ८ लक्ष्य पूरा

सय दिनमा भौतिक मन्त्रालयले लिएका १० मध्ये ८ लक्ष्य पूरा
  • ९ कार्तिक २०८१, शुक्रबार १३:५५

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सय दिनमा लिएका १० लक्ष्यहरुमध्ये ८ वटा लक्ष्य पूरा गरेको जनाएको छ ।

mulpatra

बिहीवार सय दिन पुगेको अवसरमा मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्री देवेन्द्र दाहालले विपद्का कारण सिर्जित अवस्थाले पुनःनिर्माण र पुनःस्थापनामा लाग्नुपर्ने भएकाले दुई वटा लक्ष्य भने पूरा हुन नसकेको बताए ।

उनले वर्षा अवधिभरि राष्ट्रिय राजमार्गमा अवरोध भएकोमा विशेष अवस्थामा बाहेक बाढीमा २ घण्टाभित्र अवरोध हलाई सवारी सुचारु गर्ने व्यवस्था मिलाउने, देशका निर्माणाधीन बाहेकका प्रमुख राजमार्गहरु खन्तर्गत ४०३८ कि.मि. लम्वाईमा प्रथम चरणको पटके मर्मत कार्य सम्पन्न गरी खान्डाखुल्डी रहित बनाउने कार्य सम्पन्न गरिसकेको बताए ।

mulpatra mulpatra mulpatra

राष्ट्रिय राजमार्ग (हुलाकी राजमार्ग, मदन भण्डारी, तमोर कोरिडोर लगायत) मा थप २५ कि.मि. १२ लेन. १५ कि.मि. (४ लेन) गरी कुल ३० कि.मि. कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको बताए । सिद्धबाबा सुरुङअन्तर्गत थप २४० मिटर मुख्य सुरुङ्ग खन्ने कार्य सम्पन्न गर्ने र नागढुङ्गा सुरुङ्गको निर्माण कार्य अन्तर्गत मुख्य सुरुङ्ग मार्गको साइनिङ्ग गर्ने कार्य सम्पन्न भएको बताए ।

मन्त्रालयले वर्दिवास चोचा रेलमार्ग खण्डमा ३ वटा रेल पुल निर्माण सम्पन्न गरेको, सवारी चालक अनुमति पत्रको राजश्व भौचर, क्युआर कोर्ड र फोटोसहित पेपर कार्डमा उपलब्ध गराउन सहजीकरण गरिएको, चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी प्रयोगमा ल्याउने व्यवस्था मिलाइएको बताए ।

मन्त्रालयले सय दिनको अवधिमा पानीजहाज सञ्चालन सम्बन्धी विधेयक संघीय संसदमा पेस गर्ने, विभिन्न मुलुकहरूमा पानीजहाजमा काम गर्दै गरेका नेपालीहरूको तथ्याङ्क सङ्कलनका लागि एक वेब एप्लिकेशनको लागि सम्झौता गर्ने काम भएको पनि जनाएको छ ।

Image Source: © https://mulpatra.com

मन्त्रालयले सवारी चालक अनुमतिपत्र नागरिक एपबाट देखाउन मिल्ने र ट्राफिक भ्वाइलेशन रेकार्ड सिस्टममार्फत इ–चलान (डिजिटल चिट) काट्न मिल्ने गरी विभागको प्रणालीलाई ट्राफिक प्रहरीबाट सञ्चालन गरेको बताएको छ ।

सय दिनको अवधिमा थप ३४ हजार ७०४ सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) छपाई भइ कुल ३७ लाख २६ हजार ३ सय ५९ सवारी चालक अनुमति पत्र छपाइ वितरण भएको बताए ।

मन्त्री दाहालले ट्याक्सीको रुपमा प्रयोग हुने सवारीको राष्ट्रिय मापदण्डको प्रारम्भिक मस्यौदा तयार गरेको र इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भएको बताए ।