Close

Recent Posts

माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अरब माथि

माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अरब माथि
  • १३ कार्तिक २०८१, मंगलवार २०:२४

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार यस अवधिमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

mulpatra


पहिलो त्रैमाससम्मको बैंकको वितरणयोग्य मुनाफा १ अर्बभन्दा माथि रहेको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत बढेको छ ।

बैंकको कुल सन्चालन आम्दानी समिक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ भने सन्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ ।
यस अवधिमा बैंकको इपीएस १७ रुपैयाँ ३२ पैसा कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १६ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात १५.३३ गुणा रहेको छ । ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंको जगेडा कोष पछिल्लो ३ महिनामा ८.९० प्रतिशत बढेको छ ।

mulpatra mulpatra mulpatra