माओवादी र राश्वपाभन्दा प्रसाईको आमसभामा जनताको आकर्षण बढी

माओवादी र राश्वपाभन्दा प्रसाईको आमसभामा जनताको आकर्षण बढी
  • १४ कार्तिक २०८१, बुधबार १७:२९

काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भन्दा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको आमसभामा जनताको सहभागिता बढी देखिएको छ ।
हाल प्रसाईले इटहरीमा गरेको आमसभामा ५० हजारभन्दा सर्वसाधारण कार्यक्रममा सहभागि भएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

mulpatra

गत साता नेकपा माओवादी केन्द्रले काठमाडौंको भृकुटीमण्डपमा खबरदारीसभा आयोजना गरेको थियो । उक्त खबरदारीसभामा २० हजारभन्दा बढी कार्यकर्ता भेला हुने माओवादीको दाबी थियो । तर जसोतसो माओदावीको खबरदारीसभामा पाँच हजार जति नेता कार्यकर्ता भेला भएका थिए ।

सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरु संम्बोधनमा गर्ने भएपनि जनता कार्यकर्ता सहभागी छन् ।

mulpatra mulpatra mulpatra

माओवादीको विरोधसभामा पनि ७–८ हजारभन्दा बढी कार्यकर्ता सहभागि नभएको उनीहरुकै नेताहरु बताउँछन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै रास्वपाका नेता कार्यकार्यले पोखरा र काठमाडौंमा विरोध कार्यक्रम गरिरहेका छन् । रास्वपाको कार्यक्रममा पनि नेता र कार्यकर्ताभन्दा अरु जनताको सहभागिता देखिएको छैन । हिजो बालुवाटार घेर्ने पनि थोरै मात्र रास्वपाका नेता कार्यकर्ता पुगेका थिए ।

प्रसाईको जुनसुकै कार्यक्रममा कम्तिमा १० हजारभन्दा बढी जनता भेला हुने गरेका छन् । प्रसाईले देश र जनताका लागि उठाएको आवाज जनतालाई मन परेको राजनीतिक बृत्तमा बहस हुन थालेको छ । प्रसाईसँग संगठन नभएपनि उनको कार्यक्रममा एमाले, कांग्रेस र माओवादीको भन्दा बढी जनता भेला हुने गरेको प्रष्ट देखिन्छ ।

सनातन हिन्दु धर्म कायम गर ,संघियता खारेज गर ,बैङक तथा वित्तीय संस्थाको ज्याजदति बन्द गर ,धर्म, संस्कार ,संस्कृतिको संरक्षण गर ,म जे गर्छु नेपालमै गर्छ,कृषि उत्पादनलाई बजार व्यवस्थापनको ग्यारेन्टी गर, वैदिक सनातनसहितको हिन्दुराज्य कायम गर, गिता मेरो मार्गदर्शन हो र वैदेशिक रोजगारीको विकृत्ति रोक्न प्रयासले आम आवाज उठाउँदै आएका छन् ।

Image Source: © https://mulpatra.com