Close

Recent Posts

अमेरिका बाहिरका ५५ लाख मतदान योग्य, ३० लाख बढी बञ्चित

अमेरिका बाहिरका ५५ लाख मतदान योग्य, ३० लाख बढी बञ्चित
  • २० कार्तिक २०८१, मंगलवार १०:४४

काठमाडौं– राष्ट्रपतीय चुनाव हुँदै गर्दा अमेरिकी नागरिकहरु विश्वभर जहाँ भए पनि मतदान गर्न पाउँछन् । अमेरिकी मिडिया फोब्र्सका अनुसार अमेरिका बाहिर रहेका ५५ लाख अमेरिकी मतदानमा भाग लिन योग्य छन्, तर अमेरिकाकै कानूनमा चल्ने त्यहाँ पाँच टेरिटोरीका नागरिकहरुले मतदान गर्न पाउँदैनन् ।

mulpatra

पाँच टेरिटोरीमा यूएस भर्जिन आइल्याण्डस्, पोएर्तो रिको, गुआम, नर्दन मारिआना आइल्याण्ड र सामोआ हुन् । यो मुद्दा धेरै समयबाट पेचिलो बन्दै आएको छ । अखबारदेखि एकेडेमिक दुनियाँ हुँदै अदालतसम्म यो मुद्दाले स्थान पाएको छ ।

अमेरिकी पाँच टेरिटोरीमा एकातर्फ मतदान गर्न नदिने दुःख छँदैछ । त्यसमा नूनचुक छर्ने काम पनि जोडिँदै आएको छ । हालसालै अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावीसभा थियो । सभामा आएका थिए एक कलाकार । उनले अमेरिकी टेरिटोरी पोइर्तो रिकोले खिसिट्युरी गरे । बेइज्जत गरे । अपमान गरे ।

खासमा अमेरिकामा राष्ट्रपतीयको प्रत्यक्ष चुनाव हुँदैन । चुनावमा चुनकहरु चुन्न मतदान हुन्छ । अमेरिकी राष्ट्रपति चुन्नलाई ५३८ जनालाई इलेक्ट्रल कलेजमा चुनिन्छन् । २७० मत ल्याउने विजयी हुन्छ । यो अधिकार पाँच अमेरिकी टेरिटोरीलाई दिइएको छैन, तर रोचक कुरा चैँ अमेरिकाको पाँच टेरिटोरी जस्तैः एक टेरिटोरी डीभी अर्थात डिस्ट्रिक्ट अफ कोलम्बियालाई भने यो अधिकार दिइएको छ । सन् १९६१ बाट यो अधिकारको खाता खोलिएको थियो । अमेरिकी संविधानको ३३ औं संशोधनबाट यो अधिकार दिइएको थियो । अमेरिकी डीभीले तीन जना इलेक्टर पाउँछ ।

डीभीलाई नै देखाएर पाँच अमेरिकी टेरिटोरीका अमेरिकी नागरिकहरुले मतदानको माग गरिरहेका छन्, तर अमेरिका बाहिरका विभिन्न देशमा भएका ५५ लाख अमेरिकीले मतदान गर्न पाउँदा आफ्नैभूमिमै भएका ३० लाख बढी अमेरिकी टेरिटोरीका नागरिक भने अहिलेसम्म मताधिकारबाट वञ्चित गराइएका छन् ।