Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

मित्र मिलन सहकारीका उपाध्यक्ष लम्साल ससुरालीबाट पक्राउ

मित्र मिलन सहकारीका उपाध्यक्ष लम्साल ससुरालीबाट पक्राउ
  • २१ कार्तिक २०८१, बुधबार १०:५७

पोखरा– पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

mulpatra

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगीमा संलग्न रहेका लम्साल लामो समयदेखि फरार थिए । उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन् ।

सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयले गत वर्ष जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएको थियो ।